नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका १ सय ३३ चिनियाँ नागरिकको बयान लिने क्रम सुरु भएको छ ।
चिनियाँविरुद्ध सिआइबीको टोलीले गरेको ‘स्विप अपरेसन’ बाट पक्राउ परेका सबैको विश्व भाषा क्याम्पसबाट दोभासे बोलाएर बयान लिइएको हो । पक्राउ परेका सबै चिनियाँमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान थाल्ने प्रहरी तयारी छ । महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठमा ११ र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा २७ जना चिनियाँ राखिएका छन् । नेपालमा बसेर चीनमा साइबर अपराध गरेको देखिएपछि चिनियाँ दूतावासकै सहकार्यमा प्रहरीले विदेशी नागरिकमाथि हालसम्मकै ठूलो अपरेसन चलाएको थियो । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्न छन् । बाँसबारी, नयाँबजार क्षेत्रमा घर नै भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक पर्यटक भिसामा थिए । उनीहरूबाट करिब पाँच सय ल्यापटप तथा मोबाइल बरामद गरिएको छ । प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागले उनीहरूविरुद्ध सूचना संकलन गरेर पृष्ठभूमि तयार पारेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीले फिल्डमा अपरेसन चलाए । कारबाहीका लागि चीनबाट समेत एक दर्जन प्रहरी अधिकारी तथा आइटीविज्ञ गत साता काठमाडौं आएका थिए । नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले यहाँ फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ । उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाउने गृह मन्त्रालयको तयारी छ ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Негізгі бет १ सय ३३ चिनियाँ नागरिकको बयान लिने क्रम सुरु ( UPDATE) - NEWS24 TV
Пікірлер: 10