नेपाल निर्माण व्यवसायी महासंघले राजधानीमा हालै सम्पन्न एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छातासंस्था इफाप्काको ४६ औं सम्मेलन ऐतिहासिक भएको जनाएको छ ।
२०८० मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा चलेको सम्मेलनले जलवायु परिवर्तनका सवालमा पारित गरेका निर्णयहरू अत्यन्त महत्वपूर्ण रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
४६ औं ईफाप्का सम्मेलनको आयोजक समेत रहेको नेपाल निर्माण व्यवसायी महासंघले प्रस्तुत गरेको घोषणापत्र सम्मेलनमा सहभागी राष्ट्रहरूले सर्वसम्मत अनुमोदन पनि गरेको भन्दै यो नेपालको लागि पनि महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष सिंहले बताए ।
१४ बुँदे घोषणात्रका निर्णयहरु
बढ्दो विश्वव्यापी जनसंख्या, द्रुत सहरीकरण र जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूको सामना गर्न तथा विकासोन्मुख राष्ट्रहरूको वर्तमान र भविष्यका पूर्वाधारका आवश्कयताहरू पूरा गर्न तत्काल दिगो पूर्वाधार निर्माणकोे क्रमलाई अभिवृद्धि गर्नुको विकल्प नरहेको घोषणापत्रमा उल्लेख छ ।
दिगो पूर्वाधारका प्राथमिकताहरू तथा क्षेत्रहरू सिमित आर्थिक प्रतिफलभन्दा फराकिलो हुनुपर्ने साथै यसले जलवायु, लाभार्थी, आर्थिक, सामाजिक, समानताका मुद्दाहरु तथा प्रविधि लगायतमा पार्ने प्रभावलाई दृष्टिगत गर्दै समग्र परियोजना चक्र र सो सम्बन्धी सकारात्मक तथा नकारात्मक बाह्यतालाई समेत ध्यानमा राख्नुपर्ने बुँदालाई पनि घोषणापत्रमा समेटिएको छ ।
प्राकृतिक प्रकोप तथा मानव निर्मित प्रभावहरू (विशेष गरी जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्न जलवायुमैत्री पूर्वाधार सुनिश्चित गर्न) विरुद्ध उत्थानशील पूर्वाधारका संरचनाहरू निर्माण गर्नु आजको आवश्यकता रहेको छ ।
Негізгі бет Үй жануарлары мен аңдар ४६ औं ईफाप्का सम्मेलनले गरेका १४ बुँदे घोषणापत्रका निर्णयहरु
Пікірлер