३६. विद्यालय सामाजिक परीक्षण प्रतिवेदन कार्यन्वयन गर्ने मुख्य जिम्मेवारी कसको रहेको हुन्छ ?
क शिक्षक अभिभावक सङ्घ
ख वडा समिति
ग स्थानीय तह
घ.विद्यालय व्यवस्थापन समिति
३७.विद्यालय सामाजिक परीक्षणसम्बन्धी निर्देशिका कहिले जारी भयो ?
क वि.स. २०६२
ख. वि.स. २०६३
ग.वि.स. २०६५
घ. वि.स. २०७८
३८.विद्यालयमा सामाजिक परीक्षण गराउनुको मुख्य उद्देश्य कुन हो ?
क. त्रुटि पत्ता लगाउन
ख सुशासन कायम गराउन
ग. पारदर्शी बनाउन
घ. गुणस्तर सुधार्न
३९. विद्यालयको सामाजिक परीक्षण समितिमा सदस्यसचिव को रहने व्यवस्था छ ?
क. वडा अध्यक्ष
ख. शिक्षक अभिभावकले तोकेको बुद्धिजीवी
ग प्र.अ.ले तोकेको विद्यालयको शिक्षक
घ.प्रधानाध्यापक
४०.तलकामध्ये सामाजिक परीक्षणको क्षेत्रभित्र नपर्ने विषय कुन हो ?
क. शिक्षक भर्ना रनियुक्ति
ख. वार्षिक सिकाइ उपलब्धिस्तर
ग. विद्यालयको आम्दानी र खर्च विश्लेषण
घ.विद्यार्थी तथा शिक्षकको नियमितता
४१.विद्यालयको सामाजिक परीक्षणको प्रतिवेदन कहिलेसम्म विद्यालय निरीक्षकसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ?
क. भाद्र १५
ख. भाद्र मसान्त
ग. आश्विन१५
घ. आश्विन मसान्त
४२. शिक्षकहरूको पेसागत हकहितका लागि नेपाल शिक्षक महासङ्घको भूमिका तलकामध्ये कुन हो ?
क. अभिभावक र समुदायबीच सुसम्बन्ध कायम गर्नु
ख. जनसहभागिता जुटाउनु
ग. प्र.अ. विद्यालय निरीक्षकहरूको काममा सहयोग पुग्याउने
घ.माथिकासबै
४३. गुणस्तरीय शिक्षण सिकाइको प्रवर्द्धनका लागि शिक्षकका सङ्घसंस्थाले निर्वाह गर्नुपर्ने भूमिका तलकामध्ये कुन हो ?
क. शिक्षकको आचारसंहिता पालनामा विशेष जोड दिने
ख. व्यावसायिक उत्तरदायित्वलाई संस्थागत बनाउन
ग. पेसागत सङ्गठन निष्पक्ष, पारदर्शी र जवाफदेही बन्ने
घ. माथिका सबै
४४ 'साझा उद्देश्य प्राप्तिका लागि एके साथ बसी साझा उत्साह र विचारले काम गर्ने मानिसहरूको समूहलाई समाज भनिन्छ। यसमा
साझा आवश्यकता, साझा लक्ष्य र साझा विचारहरूको सहानुभूतिपूर्वक एकताको माग गरिएको हुन्छ। यो भनाइ कसको हो ?
क.गुड
ख.राइट
ग. जोन डिवे
घ.जोन लक
४५. समुदाय र विद्यालयबीच सुमधुर सम्बन्ध स्थापना गर्नका लागि तलका मध्ये कसको मुख्य भूमिका रहेको हुन्छ ?
क. गाँउ/नगरपालिका
ख. शिक्षक अभिभावक संघ
ग. प्रधानाध्यापक
घ. वि.व्य.स.
४६. तलका दिइएका मध्ये विद्यालय सुधार योजना बनाउने पदीय दायित्व कसको हो?
क. गाँउ/नगरपालिका
ख. शिक्षक अभिभावक संघ
ग. प्रधानाध्यापक
घ. वि.व्य.स.
This video made for education propose and donot promote and kind of thing that shown in this.
Негізгі бет अध्यापन अनुमतिपत्रको सामग्री, विद्यालय सुधार योजना गाउँ नगर शिक्षा समिति,शिक्षा ऐन र शिक्षा नियमावली
Пікірлер