दीपक राई : आज फेरि बालुवा बास ब्रिज निर्माणको परिभ्रमणमा अजय एडवार्ड आए। यसदिन उनले ब्रिज निर्माणको परिभ्रमण गरे भने आगमी दिन चाँडै ब्रिज उद्घाटन हुने उनले जनाए। यो ब्रिज निर्माण पूर्ण भए पछि यहाँ पर्यटकहरुको निम्ति अन्य योजनाहरु पनि निर्माण गरिने उनले बताए। आज उनले पुरानो झोलुङ्गे पुललाई मरम्मती गरेर ठाउँ ठाउँमा ग्लास लगाएर स्काई वाक पुल बनाउने पनि आज घोषणा गरे। यो स्थललाई अझ पर्यटकीय स्थल र रमाईलो बनाउन चारै तर्फ सोलार बत्ती लगाई दिने पनि उनले आज बताए। अब यो ठाउँलाई पर्यटकीय बनाएर लगे यहां धेरै रोजगारहरुको व्यवस्था भएर जाने पनि उनले जनाए। यसै कारण आफूले यस ठाउँलाई जति सक्दो पर्यटकीय बनाएर लैजाने आज बताए। आगमी आइता वारको दिन दोस्रो ढलाई भए पछि वृजको निर्माण कार्य पूर्ण हुनेछ यस पछि भने दुवै तर्फको बाटो मरम्मती गरिने एस एस सी एल का संयोजक आदर्श तामाङले बताए। ब्रिज निर्माण भएर पनि दुवै क्षेत्रको बाटो राम्रो भएन भने ब्रिज निर्माणको उपयोगिता नहुने उनले जनाए।
Негізгі бет बालुवाबास झोलुङ्गे पुलमा वक ग्लास लगाइने !!!
Пікірлер: 16