प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।
पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो। राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन्।बालगोपालेश्वर मन्दिर प्रताप मल्लका पालामा बनेको अन्य मन्दिरकै शैलीमा बनाइएको छ । रानीपोखरीको स्वरूप, प्रविधि र संरचना पनि मल्लकालीन शैलीको नै रहेको छ । परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी गरिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातात्विक सम्पदाहरूको संरक्षणमा महत्वपूर्ण खुड्किलो मानिएको छ ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Негізгі бет भूकम्पले क्षति पुर्याएको ५ बर्ष पछि रानीपोखरीको पुरानै शैलीमा पुननिर्माण - NEWS24 TV
Пікірлер: 9