Bigu Rural Municipality Documentary | विगु गाउँपालिका वृतचित्र
Bigu Rural Municipality, Dolakha
विगु गाउँपालिका, दोलखा
वागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको बिगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो| दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बिगु गुम्बाको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् | यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा यसै जिल्लाको कालिन्चोक गाउँपालिका रहेको छ | दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ३३ कि.मि. उत्तरमा ६६३.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको ब्यापारिक केन्द्र सिंगटी बजार मुख्य प्रवेशद्वारको रुपमा चिनिन्छ ।
Негізгі бет Bigu Rural Municipality Documentary | विगु गाउँपालिका वृतचित्र
Пікірлер: 4