कुशे औंसीको विशेष अवसरमा प्रस्तुग गरिएको यो कविता बुबाको महत्वको विषयमा रहेको छ । भुजङ्गप्रयात छन्दमा लेखिएको यो कविता तपाइँलाई मन पर्ने मैले विस्वास लिएको छु ।
यदि तपाइँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै र अरू कविताको भिडियोको नोटिफिकेसन प्राप्त गर्न च्यानललाई SUBSCRIBE गर्नुहोला । यो भिडियो मन परेमा एउटा लाइक अवश्य गर्नुहोला । कुनै सल्लाह वा सुझाव दिन मन लागेमा तल कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला । बाँकी कवितामा ।
नयाँ ज्योतिको बिज छर्ने बुबा छन् ।
सही ज्ञान संस्कार भर्ने बुबा छन् ।
इ बाधाहरू देखि डर्नै परेन,
तिमी सम्झिद्यौ आँटले के गरेन ?
भलो काम गर्ने तिमी आँट मात्रै,
निसङ्कोच जङ्घार तर्ने बुबा छन् ।
म एक्लो भएँ के गरूँ साथ छैन,
तगारा अनेकौं कतै शान्ति छैन ।
म सक्दिन भन्ने कुरै के भयो र ?
तिमी निम्ति निस्वार्थ मर्ने बुबा छन् ।
निराशा र अल्छी सबै त्याग्नु पर्छ,
सधैँ जाँगरीले महासिन्धु तर्छ ।
तिमी पुग्नु नै पर्छ त्यो टाकुरामा,
बरू आँफु झुक्ने र झर्ने बुबा छन् ।
सजिलो नहोला नमिल्नेछ चैन,
कठिन् भो भनी सत्यता छोड्नु छैन,
नरोकी कदम् सार प्यारा अगाडी,
यमैका पनि सामु पर्ने बुबा छन् ।
ति बद्मासी तिम्रा सबै माफ गर्ने,
सुरक्षार्थ तिम्रो सधैँ सामु सर्ने ।
तिमीले नबोले पनि बुझ्न सक्ने,
निसंकोच् सबै माफ गर्ने बुबा छन् ।
Негізгі бет बुबा छन् | कुशेऔंसी विशेष कविता | भुजङ्गप्रयात छन्द | रचनाः गणेशप्रसाद ओझा | वाचनः गंगा शर्मा
Пікірлер