गणेश चतुर्थी / चथा:
चन्द्रमास पात्रो अनुसार हरेक वर्ष " ञँला/ यँलाथ्व चतुर्थीको दिन नेवा: समुदायले " चथा: चख" मनाउने गर्दछ। यसै तिथिमा श्री गणेशको जन्म भएकोले अरु समुदायमा यस दिन " गणेश चतुर्थी"ले प्रख्यात छ। अरुको उर्जाबाट उर्जा प्राप्त गर्ने चन्द्रमाले यसै दिन गणेशको खिसी उडाएको र रीसमा चन्द्रमालाई उर्जा हराउने र तेज क्षीण भै जसले चन्द्रमा हेर्छ उसलाई चोर दोषको मिथ्या लाग्ने श्राप दिएको कथन छ। चथा: एउटा चख: हो भने यसपछि आउने येँया पुन्ही नख: हो । चख: नै भएतापनी चथा: जसरी मनाइयो, मोहनी ( दशैँ पर्व) पनि त्यस्तै हुने मान्यताका कारण चथा:लाई एकदमै महत्वका साथ मनाइन्छ। यस दिन पानी पर्यो भने मोहनी बेला पनि पानी पर्ने विश्वास गरिन्छ । यस दिन नेवा: समुदायले सिहंमा आरुढ भएका विषेश गणेशको पुजा गर्दछन भने राती चन्द्रमा उदाएपछी खुँ द्य: / यमा द्य: (इन्द्र)लाई पुजा भाग हाल्ने गरिन्छ। येँ देय् (काठमाडौ)को आफ्नै कथा अनुसार यसै दिन आफ्नो आमाको व्रतका लागि इन्द्र देव स्वर्गबाट रातको समयमा यहाँ आइ एरावतलाई एक ठाउँमा राखी विष्णुमती र भद्रमतीको संगम निर्मल तिर्थको दर्शन गरि पारिजात ( परिजा स्वाँ) फूल चोर्न आएको मानिन्छ। चोरेको देख्दै गर्दा उनलाई चोर भनी सबैले देख्ने गरि बाँधेर राखी खान साह्रो हुने भुटेको मकै, भटमास, बकुला, आरुको बियाँ, फर्सीको बियाँ आदि खुवाएको कथा छ। यसै अनुरुप आजको दिन कौसीमा राती कुसा लप्तेमा ( ठुलो पात) यी नै हालेर भाग राख्ने गरिन्छ भने परिवारहरु सबै मिलेर हलिमली ( यी सबै मिसाएर खाने) खाने गरिन्छ। रातमा कुकुरहरु भुक्न थालेपछि र स्यालहरु कराउन थाले पछि खुँ द्य: ( चोर देवता/ इन्द्र ) आए भनेर घरका खापा र झ्याल सबै बन्द गर्ने चलन पनि रहेको छ। आजकै रात इन्द्रले फूल चोरी फलफूल चोरेर खाँदा चन्द्रमा साक्षी बसे पनि मौन रहेको कारण यस दिन फलफूल चोरे पाप नलाग्ने विश्वास गरिन्छ र रातको समयमा फलफूल चोर्न जाने रोचक परम्परा छ। चोर्दा खेरि साक्षी बसेका चन्द्रमा मौन बसि इन्द्रलाइ सहयोग गरी बचाएकोले नेवा: समुदायमा यस दिन चन्द्रमालाई रीसले उल्टो पुजा गरि साह्रो खानेकुरा चढाई नहेर्ने परम्परा छ । साथै यस दिन टोलटोलमा मन्दिर अगाडि हलिमली राखी दाफा भजन गरेर प्रसाद बाँडेर खाने चलन छ।
cr : Frannkey Franz
Негізгі бет Chatha Nakha। चथा: नख: ।। Newari Culture
No video
Пікірлер: 4