शब्द : आनन्द अधिकारी
संगीत : राजु सिंह
स्वर : जगदीश समाल
छोडेर जाने निष्ठुरी भन्देउ कुन बाटो रोज्दैछौ
एउटा दिल तोडेर अर्को कुन दिल जोड्दैछौ
शीत झैं जोवन पातैको माझ कतिञ्जेल हाँस्दैछौ
यो माया मारी बाँचेर पनि के चाहिँ लाँदैछौ
हजार गाँठो पर्यो नि मुटु लेख्दैमा तिम्रो नाम
तोडेर गयौ बाचा र बन्धन प्रितीको चारै धाम
इमानका कुरा जमानका कुरा के चाहिँ भन्दैछौ
यो माया मारी बाँचेर पनि के चाहिँ लाँदैछौ
हिलोमा फूल्छ कमल तर देख्ने मन चाहिन्छ
यो चोखो माया लाउनलाई चोखो आत्मा पो चाहिन्छ
आत्मा नै बेची आफूलाई ठूलो के चाहिँ भन्दैछौ
यो माया मारी बाँचेर पनि के चाहिँ लाँदैछौ
2020 Jagdish Samal
do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.
Editor : B B Lamichhane
#JagdishSamal #RajuSingh #AanandAdhikari
Негізгі бет Chhodera Jaane ( छोडेर जाने ) Jagdish Samal || Anand Adhikari || Raju Singh
Пікірлер: 14