दानवीरहरूलाई दान गरेकोमा गर्व होस् । सच्चीको साथमा कार्यक्रमको टिम र म स्वंयलाई पनि हामी वास्तवमै आवश्यकता परेको पीडितहरू माँझ पुग्यौं भनेर आत्मसन्तुष्टि होस् र नेपालमा फिल्डमा गएर सहयोग गर्ने हाम्रा पृय सहयोगी अभियन्ताहरूलाई पनि वास्तविक पीडित खोज्न अलिकति कसरत होस्, थप दुख होस् तर अन्तत उहॉहरूलाई पनि आनन्दको अनुभूति होस् ।
लकडाउनको समयमा अब भरे वा भोली के खाने भनेर सोचिरहेका र भगवान सम्झिरहेका वास्तविक पीडितहरूकोमा राहत पुगोस् । हामीले चाहेको त्यत्ति हो । #कसैलेपनि_भोकोबस्न_र_भोकै_मर्ननपरोस्_अभियानमा साथ दिने सबै दानवीरहरू र अन्य सहयोगीहरूप्रति आभारी छौं ।
अमेरिकाका केहि दानवीरहरूको सहयोगले आज हामीले पोखरामा अति आवश्यक परेको ११ परिवारलाई २५ केजी चामल, नुन, चना र तेल सहितको पहिलो चरणको राहत सहयोग गर्न सफल भएका छौं । यहॉहरूलाई धेरै धेरै धन्यवाद 🙏
लकडाउनको बेला फिल्डमा खटिएर वास्तविक पीडित पहिचान गरि सहयोग गर्ने राम बाबु सेवन लाई सच्चीको साथमा कार्यक्रमको तर्फबाट बिशेष धन्यवाद् ।
Негізгі бет दानवीरहरूको सहयोग, लकडाउनको बेला पोखरामा पहिलो चरणको राहत बितरणको सानो अंश, सच्चीको साथमा कार्यक्रम
Пікірлер: 2