दहीले फाइदा मात्रै गर्दैन, दही खान नजान्दा बिष पनि बन्न सक्छ !
दही र मोही कत्तिको खानुहुन्छ ? दही माेही स्वादिलो पेय पदार्थ हे र, गुणकारी पनि । दहीमोही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन्।
तर दही खान नजान्दा बिष पनि बन्न सक्छ !
बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाको हाडकालागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ। हाडकालागि क्याल्सियमको निकै ठूलो महत्व छ। विशेषगरी उमेर बढदै जाँदा हाडको घनत्व कम हुदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ। महिलाको महिनावारी बन्द भएको बेला यो समस्या निकै देखिन्छ। क्यालसियमका लागि दही निकै राम्रो स्रोत हो।
दूध खान मन नलाग्ने, दूध नपच्ने वयस्क वा बच्चाहरुकालागि दही एउटा उत्तम बिकल्प हो। कतिपय व्यक्तिलाई एन्टिबायोटिकको प्रयोग गर्दा पखाला लाग्ने गर्छ। यसबाट बच्न दहीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ। दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ। अनुसन्धानहरुले के पनि देखाएका छन् भने दहीमा रहेका लाभदायक किटाणुले क्यान्सर उत्पन्न गर्ने किटाणुको सक्रियता घटाउँछन्। यसले आन्द्रामा हुने क्यान्सर कम गर्न मद्दत गर्छ।
आर्युवेदले भन्छ, दही राती सेवन गर्नु हुँदैन । राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ । धेरै मानिसहरु राति खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ ।
राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ ।
शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन यसले सुन्निएको झन् बढ्छ । घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा । तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ ।
त्यसैले दही खाने उपयुक्त समय विहान हो । हात-गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।
आयुर्वेदमा दहीसँग दूध वा त्यसबाट बनेको खानेकुराको सेवन गर्नु हुँदैन । एकसाथ सेवन गर्न निषेध गरिएको छ । दही हल्का र सजिलै पचाउन सकिने खानेकुरा हो भने दूध भारी र ढिलो पच्ने खानेकुरा हो भन्ने मान्यता छ । दुवै सँगै सेवन गर्दा ग्यास, एसिडिटी, पेट फुल्ने र पाचन सम्बन्धी समस्या हुनसक्छ ।
गर्मीमा मानिसहरू खानामा दही खाने र त्यसपछि आँप काटेर खाने गर्छन् । तर, यी दुई चिज सँगै खाँदा तपाईंलाई हानी हुनसक्छ । दहीसँग आँप खानु हुँदैन । आँप तातो प्रकृतिको र दही चिसो प्रकृतिको हो । दुवै सँगै सेवन गर्नाले शरीरमा विषाक्त पदार्थहरू बन्न सक्छ । यसो गर्दा पाचन र छाला सम्बन्धी समस्या हुन सक्छ ।
माछा पकाउँदा कतिपयले टमाटरको सट्टा दहीको प्रयोग गर्छन् तर त्यसो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । दहीसँग माछा खाँदा हानिकारक हुनसक्छ । यसले पेट दुख्ने, अपच, ग्यास र बान्ता हुन सक्छ । त्यसैले माछा दहीसँग वा दहीपछि खानु हुँदैन ।
दही र प्याजको संयोजन पनि आयुर्वेदमा राम्रो मानिँदैन । यसले एलर्जी, ग्यासको समस्या वा बान्ता हुन सक्छ। आयुर्वेदमा दही र केरा सँगसँगै खानु उचित मानिँदैन । यसले स्वास्थ्यमा निकै नराम्रो असर पार्न सक्छ ।
आयुर्वेदले दहीसँगसँगै दाल नखान सुझाएका छन् । दालसँग दही खाँदा पेटसँग जोडिएका समस्याहरु पैदा गराउँछ । पराठासँग दही खाँदा बेफाइदा हुन्छ । तेलयुक्त खानेकुरा खाँदा शरीरमा निकै बेफाइदाजनक हुन्छ । आलस्य बनाउँछ ।
#shabdachitra #healthtips #dahi #curd #शब्दचित्र #helthyfood #healthylifestyle #healthiswealth
Disclaimer:
The content provided on this channel, including videos, descriptions, and any related materials, is for informational and entertainment purposes only. While we strive to ensure the information shared is accurate and up-to-date, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, suitability, or availability with respect to the content.
The health and lifestyle information shared on Shabdachitra is not intended to be a substitute for professional medical advice, diagnosis, or treatment. Always seek the advice of your physician or other qualified health provider with any questions you may have regarding a medical condition or health objectives. Never disregard professional medical advice or delay in seeking it because of something you have watched on this channel.
All images and videos featured in our content are sourced under the Creative Commons Zero (CC0) license from Pixabay and Pexels. We extend our gratitude to these platforms and the talented creators who share their work freely.
All rights reserved to Shabdachitra. Unauthorized copying, distribution, synchronization, and sampling of our content are strictly prohibited. Any infringement will be subject to legal action. We appreciate your respect for our creative efforts and intellectual property.
Негізгі бет दहीले फाइदा मात्रै गर्दैन, दही खान नजान्दा बिष पनि बन्न सक्छ ! दही-चिउरा ? Shabdachitra
Пікірлер: 8