#dilchanvlogs #Dewaraligufa #Rukumeast
देउराली गुफा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं ५ अन्तर्गत रुकुमगार खोलाको किनारमा अवस्थित छ । मध्यपहाडी लोकमार्ग देखि करिब आधा घण्टा, कच्ची बाटोको १५ मिनेट यात्रापछि गुफामा पुग्न सकिन्छ । यो गुफा स साना बुट्यानहरूको बिचमा रहेको छ ।
यहाँ दर्जनौं स साना तालहरू र नदी आकारका पानीका मुहानहरू, खुल्ला आकाशमा बादल लागेजस्ता आकृतिहरू र सर्पजस्ता स्वरुपहरु देख्न सकिन्छ । गुफाका भित्ताहरूमा विभिन्न किसिमका जनावर र देवताका आकृतिहरू पनि देख्न सकिन्छ । सेता र आकर्षक चुन ढुङ्गाहरूबाट बनेको यस गुफाभित्र सजिलै हिँड्डुल गर्न सकिन्छ । यस गुफाभित्र वर्षा झैँ सँधै पानी चुहिरहन्छ ।
#explorenepal #bhumeparba #beautyofnepal #nepalculture #travel #koritrek #rukumeast
Негізгі бет Dewarali gufa (देउराली गुफा) rukum east rukumkot 📍
Пікірлер: 10