#aaglagi
#dhankuta
#nepal
धनकुटा नगरपालीका १० धर्मसालामा आगलागी हुदा तीन घर पुर्णरुपमा जलेर नस्ट भएका छन । त्यस्तै दुई घरमा आंसिक क्षति पुगेको छ । स्थानिय कमला मोक्तानको घर बाट करिब १०ः३० मा आगलागी सुरु भएको थियो । चुल्होमा रहेको आगोवाट दाउरामा सल्कीएर आगलागी भएको प्रहरीको अनुमान छ । आगो अढाइ घण्टा पछि करिब एक वजे नियन्त्रणमा आएको छ । आगलागी बाट कमला मोक्तानको एक तथा मेहरमान मोक्तानको दुइवटा घर जलेर पुर्णरुपमा नस्ट भएका छन । त्यस्तै चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा आङ्सिक रुपमा क्षती पुगेको छ । आगो नियन्त्रणमा लिन अधिकारी र मगरको घर भत्काइएको प्रहरीले जनाएको छ । आगोवाट तिन घरमा रहेका अन्नपात, लताकपडा जलेर पुर्णरुपमा नस्ट भएको इलाका प्रहरी कार्यलयका इन्चार्ज नारायण भट्टराईले जानकारी दिनु भयो । त्यस्तै मेहरमान मोक्तानको घरमा रहेको किराना पसल समेत जलेर पसलको सम्पुर्ण सामाग्री नस्ट भएका छ । आगलागीवाट करीब ४० लाख रुपैया बराबरको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान छ । आगो स्थानियबासी, नेपाल प्रहरी, ससस्त्र प्रहरी नेपाली सेना, सहित पाख्रीबास र धनकुटा नगरपालीकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएको धनकुटा नगरपालिका वडा नम्बर दशका वडाध्यक्ष नगेन्द्र पाण्डेले जानकारी दिनु भयो ।
Негізгі бет धनकुटा १० धर्मसाला बजारमा भएको आगलागी । village life nepal
Пікірлер: 2