Please Just Click To Subscribed Us:- cutt.ly/WmfqttG
Audio
Song : KAHAMA KATYO BETKO LAURI
Vocal: GANGA BARDAN
Lyrics:GANGA BARDAN
Music :GANGA BARDAN
Arranger : Jupihang Limbu
Mix & Master : Damber Limbu
Recording : New Bhawana Recording Studio , Dharan By Hem Subba
Video :
Camera /Edit :Adam Limbu (Visual Film Studio )
Video By Silver Entertainment
बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरिकनै सिंहदरबार स्थित रेडियो नेपालमा गायक गंगा बरदानले "कहाँमा काट्यो बेतको लौरी " गीत रेकर्ड गर्ने मौका पाएका थिए।
यस अघि आफ्नो जन्मथलो भोजपुरमै आयोजित लोक तथा नृत्य प्रतियोगितामा " दाई त काले भाई पनि काले काले काले मिलेर खाउँ भाले " बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत १६ वर्षको कलिलो उमेरमा नै दोस्रो स्थान प्राप्त गरि रु ५०००/- पुरस्कार पाएका थिए। त्यसको ६ बर्षपछि बि. स. २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल ब्यापी लोक गीत प्रतियोगितामा " छपनीले छान छान डबकीले हान " बोलको गीतबाट प्रथम स्थान हात पारेका थिए भने बि. स. २०३२ सालमा बजारै भरौन धरानै र बि. स. २०३३ सालमा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजित कार्यक्रममा अरुनै तर्यो बरुनै तर्यो बोलको गीत प्रस्तुत गरेका थिए। यस हिसाबले हेर्दा उनको संगीत यात्राले ५० बर्ष पनि नाघिसकेको छ।
आजभन्दा ७० वर्ष अघि बि. स. २००९ साल फागुन २ गते आमा धनमाया मास्के र बुबा मान बहादुर मास्केको सन्तानको रुपमा भोजपुर जिल्लाको दिङ्गला भन्ज्यांगमा जन्मनु भएका लोकप्रिय गायक , संगीतकार , रचनाकार गंगा बरदानको जोश भने यथावत नै छ।
उनको यहि जोशलाई होस्टेमा हैंसे थप्ने अभिप्रायले हामीले उनका केहि पुराना गीतहरु रि-रेकर्ड गरिदिने र भिडियो समेत निर्माण गरिदिने क्रममा उनले पहिलो पल्ट रेडीयो नेपालमा रेकर्ड गरेको गीत "कहाँमा काट्यो बेतको लौरी "लाई नयाँ भर्शनमा रि-रेकर्ड गरेका छौ। हेरेर , सुनेर प्रतिक्रिया दिनुहोला र शेयर गरिदिनुहोला।साथै सानै देखि संगीतमा होमिएका गायक रचनाकार गंगा बरदानको आर्थिक स्थितिलाई मध्य नजर गर्दै हामीले आउँदो मंसीर महिनामा (November) " गंगा बरदान स्वर्णिम साँझ २०८० " समेत आयोजना गर्ने जमर्को गर्दछौ। उक्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकम एउटा कोष खडा गरी उनले प्रयोग गर्न पाउने गरी चलायमान गर्ने हाम्रो अठोट रहेको छ। यसको लागि गंगा बरदान लाई माया गर्नुहुने विश्वभर छरिएर बस्नुभएको श्रोता दर्शक बृन्दहरुमा हाम्रो आग्रह रहेको छ। धन्यबाद।
सिल्भर इन्टरटेनमेन्ट
कहाँमा काट्यो नि बेतको लौरी.. हो
कहाँमा काट्यो बेतको लौरी
लङ्गुरको वनैमा
किनमा रोयो नि न्याउली चरी.. हो
किनमा रोयो न्याउली चरी
बिरह चल्यो मनैमा
(सुनै जस्तो फुलै फुल्यो)2
काँकरी झ्यालैमा
(मोती जस्तो आँशु झर्यो ) 2
मोती जस्तो आँशु झर्यो
छुटने बेलैमा
(सीता रानी वनैमा) 2
लहरी चल्यो मनैमा
®.
(उकालीको चिसो पानी) 2
छेक्यो काली वनैले
(लहनमा के छ के छ) 2
देख्यो पापी मनैले
सिरीमा सिरी नि बतासै चल्यो
सिरीमा सिरी बतासै चल्यो
हल्लायो साल घारी
भाग्यमा भए नि म आफै आउथेँ
भाग्यमा भए म आफै आउथेँ
हुदैन बल गरी
(ओछ्याइदेउ न माई बाघमरु छाला)2
त्रिपाशा खेलन जाँउ ……
© Silver Entertainment Pvt. Ltd.
For More Videos & Information (Like & Subscribe )
KZitem
bit.ly/3aEYYBJ
/ silverentertainmentse
Instagram:
/ silverentertainmentoff...
Facebook :
/ silverentertainment
Silver Entetainment is authorized to upload and distribute video Produced by SilverEntertainment Pvt. Ltd. and has Commercial Video Copyrights to the Videos Provided.
For More Details
/ silverentertainment
/ silverentertainmentse
Негізгі бет GANGA BARDAN I KAHAMA KATYO I New Version I Studio Version Music Video
Пікірлер: 9