पर्यटक कुर्दै सुनापति
पर्यटन क्षेत्रममा पदयात्रा अहिले युवा पुस्तामा फस्टाउँदै र लोकप्रिय बन्दै आइरहेको छ । प्राकृतिक सौैन्दर्यले सिँगारिएको नेपालको भूबनोट, पौराणिक र ऐतिहासिक महत्त्व बोकेका विभिन्न तीर्थस्थल, विभिन्न जातजाति र धर्मसंस्कृतिले पहिचानयुक्त क्षेत्र भएकाले पर्यटकीय सम्भावना प्रचुर रहेको छ । तथापि प्रचार प्रसार अभावले यसको लाभ न्यून मात्रामा मात्र लिन सकिएको तीतो यथार्थ छ । देशका धेरैजसो स्थान पर्यटकीय दृष्टिले उपयुक्त हुँदाहुँदै पनि पहिचान र त्यसको प्रवद्र्धन नहुँदा छायामा पर्दै आइरहेका छन् । त्यस्तै मध्ये पर्दछ, रामेछाप जिल्लाको पश्चिमी भागमा पर्ने सुनापति गाउँपालिकाको सुनापति डाँडा ।
रामेछापमा विभिन्न ऐतिहासिक, धार्मिक स्थलहरू, पदमार्ग, प्राकृतिक भूभागहरू पर्यटकीय दृष्टिले उत्कृष्ट मान्न सकिन्छ । राजधानीबाट झन्डै १ सय २० किलोमिटर मात्रको दूरीमा पर्ने यो रमणीय डाँडा सदरमुकाम रामेछापबाट पश्चिमी वाड हरू मद्ये खनियापानी, बेथान र हिलेदेवीको संगमस्थल हो । जुन स्थानीय स्तरमा धार्मिक र ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध छ । नयाँ सविधानअनुसार बनेको संरचनाअन्तर्गत साबिक हिलेदेवी, दिमीपोखरी, गुन्सी, बेथान र खनियाँपानीसहित पाँचवटा वडालाई समावेश गरी सुनापति गाउँपालिका नै बनाइएको छ । यो भूभाग झन्डै सन् १९५० मिटरको उचाइमा रहेको छ । उक्त डाँडाबाट खुला वातावरण भएको वर्षौंअघि धुलिखेल, अठारतले धराहरा भएको बेला स्पष्टै देखिन्थ्यो भन्नेहरू आफूले पनि सुन्दै आएको स्थानीयहरुको भनाइ छ । त्यसो त उनीलगायत स्थानीय बूढापाकाका अनुसार नजिकै पहरामा रहेको गुफाबाट गाउँलेहरूलाई विभिन्न सामाजिक काज, कर्म, धार्मिक तथा सांस्कृतिक क्रियाकलापका लागि आवश्यक भाँडाकुँडाहरू धार्मिक विधि पूरा गरेर माग भएबमोजिम स्वतःस्फूर्त पाइने र काम सम्पन्न भएपछि सफा गरेर बुझाइने गरेकोमा एकपटक कसैले जुठै भाँडा बुझाएपछि बन्द भएको जनश्रुति रहेको बताउँछन् । उक्त क्षेत्रभित्र सुनको खानी भएकाले डाँडाको नाम नै सुनपतिबाट सुनापति रहन गएको किंवदन्ती छ । अर्काथरी जंगलले घेरेको सुनापति वनमा सुनाखरी, सुनपाते पनि पाइने भएकाले सुनापति नाम रहेको हुन सक्ने बताउँछन् । ह्योल्मो र तामाङ समुदायको बाक्लोे बस्ती रहेको यस क्षेत्र हुँदै खाँडादेवी गाल्बा, अग्लेश्वर, दोरम्बा, सैलुङ हुँदै दोलखा पुग्न सकिन्छ । यस पदमार्गलाई पर्यटन बोर्डले आदिवासी पद मार्ग नामकरण गरेको छ । जहाँ ठाउँठाउँमा होमस्टेको पनि व्यवस्था छ । रामेछापको डढुवादेखि राकाथुमको लुभुघाटसम्म आदिवासी जनजाति पद मार्ग घोषणा गरिएको यस पदमार्गमा लोपोन्मुख थामी जातिको संस्कृति, नेवार संस्कृतिलगायत माझीहरूको परम्परागत नाच, संस्कृतिले थुपै्र पदयात्रीलाई आकर्षण गर्दछ ।
ह्योल्मो, तामाङलगायत क्षत्री, ब्राह्मण, नेवार र माझीसहित विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृतिमा मिलेर बसेको फूलबारीमा सुनापति जंगलभित्र लालीगुराँस र सुनाखरी सल्लाका रूखहरूको लोभलाग्दो वातावरण मात्र छैन विभिन्न बहुमूल्य जडीबुटीहरू पनि पाइन्छन् । जंगलमा भेटिने मृग, दुम्सी, चितुवा, खरायो, सालकदेखि कालिज, मयूर, सुगालगायतका विभिन्न चराचुरुंगी आवाजले कसलाई मोहित नबनाउला । काफल, चुत्रो, ऐंसेलुजस्ता वनफल हुन् वा वरपर स्थानीयले व्यावसायिक खेती गरेका जुनार सुन्तला किन नहोस् खान र कोसेलीका रूपमा पर्यटकले लैैजान सक्नेछन । त्यसो त सुनापति गाउँपालिका सुन्तला र जुनारको त पकेट क्षेत्र नै हो । जसबाट स्थानीयले मनग्गे आयआर्जनका पनि गर्दछन् ।
सुनापति महादेव मन्दिर अवस्थित यहाँबाट गौरीशंकर, नुम्बुरलगायत सेताम्मे देखिने हिमालको लस्कर होस् या दोलखा र रामेछापको सिमानामा रहेको सय थुम्का सैलुङ डाँडा, दक्षिणतिर देखिने महाभारत पर्वत शृंखला, सिन्धुलीगढीको ऐतिहासिक दरबार, पश्चिममा काभ्रेको तिमाल क्षेत्रको मनमोहक दृश्य नियाल्न सकिन्छ । सुनकोसी, चौंरीखोला, खानीखोला, रोशीको यो शिखरबाट रामेछाप, काभ्रे र सिन्धुलीको संगमस्थलमा रहेको धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा आदि लिंग कुशेश्वर महादेवको मन्दिर, नेपालथोक हरियाली फाँट कम लोभलाग्दो देखिन्न । काठमाडौंबाट बनेपा धुलिखेल बीपी राजमार्गको भकुन्डेबेंसी, कटुन्जे, मंगलटार रोशीखोलाको तीरैतर र नेपालथोकको खैरेनीघाटमा पक्कीपुल र्हुँदै पुष्पलाल लोक मर्ग लुभुघाट डहु बेथान हुँदै आउन सकिन्छ र काठमाडौंबाट तीन घन्टाको मात्र यात्रा हो । ह्योल्मो तामाङ जातिको महान पर्व लोसार मा आफ्नो चेलीबेटी बोलाएर सुनापति हिलेदेवीको डोङ्मेको काखमा अवस्थित २५ दशक (१८०६ साल) प्राचीन ऐतिहासिक उर्गेन छ्योइलिङ पाङ गुम्बामा विशेष पूजाआजा र मौलिक श्यप्रु नाच देखाउने गरिन्छ धेरैको आकर्षणको केन्द्र बन्ने गर्दछ, जहाँ हजारौं श्रद्धालु तथा पर्यटकहरूको पनि उपस्थिति रहन्छ ।
त्यसो त सुनापतिमै रहेको लहरेमाने भनेर चिनिने ऐतिहासिक सयौंमाने रुखबिरुवाको घारीभित्र भग्नावषेश मात्र भेटिन्छन् ।र हल निर्माण धिन १०८ माने निर्माणकार्य हुँदै छ । सुनापतिबाट देखिने बिहानको सूर्योदयको मनमोहक दृश्य हेर्न आउनेहरू बढ्दै गएको स्वदेशी तथा विदेशी पर्यटकका निम्ति होमस्टेलाई पनि केही व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने औंल्याउँछन् । सुनापति काखमा अबथित श्री कृष्ण आ बि नजिकमा ऐतिहसिक महत्व बोकेको पोखरीमा गुरु पद्मसम्भवको मुर्ति निर्मण भएको र सुनापती सम्म पुग्ने सिँढी निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । तथापि अझै पनि सुनापति स्वदेशी तथा विदेशी पर्यटकको पर्खाइमा छ । प्रचारप्रसारको अभाव छ । त्यसका लागि पर्यटन बोर्ड, स्थानीय संघसंस्था, युवा, राजनीतिक दललगायत सबैको सामूहिक प्रयासको खाँचो भने अझै टड्कारो नै देखिन्छ । स्थानीय पर्यटकबाहेक आन्तरिक र बाह्य पर्यटकलाई थप आकर्षण गर्न योजना, कार्यक्रम पनि थप्नुपर्ने देखिन्छ । सुनजस्तो सुनापति ओझेलबाट उज्यालोतिर र यसको उचाइ अझ उँचो पार्न हातेमालो जरुरी छ । धन्यबाद
Негізгі бет hamro sunapati (पर्यटक कुर्दै सुनापति)
Пікірлер