मध्यरातको १ बजेको थियो । इटहरीको पूर्व एसपी नरेन्द्र उप्रेतीले २ बर्ष अगाडी बनाएको घरमा पतपत धुवा आएको स्थानीय बासीले देखे सँगै इटहरीमा मध्यरातमा कोलाहल मच्चियो । स्थानीय सँग ४ तला माथि भएको अागलागी नियन्त्रण गर्ने कुनै उपाय थिएन ।
इटहरीका किरण बुढाथोकील र पुर्ब फुटबल खेलाडी सुरेन्द्र तामाङ्गले सञ्चालन गरेको बिग बार रेष्टुरेण्ट राती अबेर सम्म खुल्ने गर्छ । सञ्चालकहरु रेष्टुरेण्ट बन्द गरेर गएको केहि बेरमै बेरमा आगो दन्किएको कुरा थाहा पाए । इटहरी आसपास क्षेत्रबाट आएको दमकलले आगो निभाउँने प्रयास करीब ३ घण्टा गरेको थियो । ३ घण्टा पछि मात्र आगो नियन्त्रणमा आएको थियो । तर सम्पूर्ण सामाग्री भने जलेर नष्ट भईसकेको थियो ।
चारतला भएको कारण हतपत प्रहरी र स्थानीयहरु आगो लागेको स्थानमा जान सकेनन् त्यस कारण पनि क्षती बढी हुन पुगेको प्रहरी बताउँछ । बारको सामाग्रीहरु निकाल्न नसक्दा थप क्षती भएको प्रहरी बताउँछ ।
आगलागी भएको ठाउँमा इटहरीको दमकलले राम्रो भूमिका खेल्न सकेन ।
दमकल बस्ने ठाउँको २ सय मिटरमा भएको आगलागीमा इटहरीको दमकलले पानी चुहिने पाईप प्रयोग गरेको र सोचे अनुसार काम गर्नु नसकेको भन्दै आलोचना भएको छ । दमकलको पाईप फुटेकै कारण पानीको फोर्स ४ तला माथी पुग्न नसक्दा थप क्षती हुन पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन । अन्य ठाउँबाट आएको दमकलले मात्र आगो नियन्त्रर्ण लिएको थियो ।
#itahari #Fire #BigBar #Restaurant #FireTruck #Nepal
Негізгі бет इटहरीमा भीषण आगलागी -Fire on Building of itahari - Big Bar Grill and Restaurant (Surya Complex)
Пікірлер: 3