चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर छ । यो मन्दिर गोरखाको कफेक डाँडामा पर्ने मनकामनाको सीधा दक्षिणतिर पर्दछ । मनकामना र इच्छाकामना दुइटै मन्दिर आमुन्नेसामुन्ने डाँडामा छन् । भक्तहरूको इच्छा पूरा गर्ने मानिएकाले यी देवीलाई इच्छाकामना भनिएको हो । गोरखाका मनकामना र गोरखकाली तथा तनहुँकी छिम्केश्वरीलाई दिदीबहिनी मान्ने चलन छ । इच्छाकामनालाई पनि किंवदन्तीहरूमा मनकामनाकी बहिनी भनिएको छ ।
#ichhakamana#mankamana#chitwantravel
Негізгі бет इच्छाकामना देवी,धार्मिक स्थल , नया पर्यटकीय गन्तब्य
Пікірлер: 17