डाटा इन्ट्रिकर्ता करारमा भर्नाका लागि दरखास्त आह्वानको सूचना
🔗Online Apply Link: vacancy-molet.bagamati.gov.np
प्रकाशन मितिः २०८१/०३/१८
वागमती प्रदेशमा दर्ता रहेका सवारी अभिलेखको डिजिटलाईजेसन तथा आर्किभिङ्ग सम्वन्धी कार्य गर्नको लागि डाटा इन्ट्रिकर्ता खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्नुपर्ने भएकाले देहाय वमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूवाट मिति २०८१/०३/१८ गते देखि ०७ दिनभित्र vacancy-molet.bagamati.gov.np मा अनलाइन दरखास्त फारम भरी पेश गर्न दरखास्त आह्वान गरिएको छ। दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनको कार्यालय समयमा दरखास्त बुझाउनु पर्नेछ।
१. माग पद संख्याः १०० यसका साथै थप ५० जना आवश्यकता अनुसार रोष्टरमा राखिने छ।।
२. लिखित परीक्षा मिति मन्त्रालयको वेवसाइटमा पछि प्रकाशित गरिनेछ।
आवश्यक योग्यताः
(क) उम्मेदवारको उमेर हदः दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक
(ख) न्यूनतम शैक्षिक योग्यता तथा तालिमः कम्तिमा १०+२ तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी कम्तीमा ३ महिना तालिम लिएको।
वा
मान्यता प्राप्त शिक्षण संस्थाबाट १०० पूर्णाङ्कको कम्प्युटर विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको।
वा
न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहमा १०० पूर्णाङ्कको कम्प्युटर विषय राखी उत्तीर्ण गरेको।
(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको,
४. पदः डाटा इन्ट्रिकर्ता
५. आवेदन दस्तुरः रु.१००/- लाग्ने छ।
६. तलबः सवारी अभिलेखको डिजिटलाईजेसन तथा आर्किभिङ्ग सम्बन्धी कार्यविधि, २०८० मा उल्लेख भए अनुसार पारिश्रमिक उपलब्ध गराइनेछ।
७. सूचना सम्बन्धमा थप जानकारी प्राप्त गर्न ९७६१७१६३३९ र ९८५११६६७३४ मा सम्पर्क गर्न सकिने छ।
८. दरखास्त फाराम साथ अपलोड गर्नुपर्ने कागजातहरुः
(क) न्यूनतम शैक्षिक योग्यता (चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्र) को प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
(ख) नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
(ग) कम्प्युटर सम्बन्धी तालिम लिएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
नोटः उल्लेखित कागजातहरू उम्मेदवार स्वयम्ले प्रमाणित गरी बुझाउनु पर्नेछ।
९. डाटा इन्ट्रिकर्ता पदको पाठ्यक्रम मन्त्रालयको वेबसाइट molet.bagamati.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।
#new_job_vacancy_2024
#jobvacancy
#jobvacancyinnepal
#vacancy2024
#dsewa
#new_job_vacancy_update
Негізгі бет डाटा इन्ट्रिकर्ता करारमा भर्नाका लागि दरखास्त आह्वानको सूचना २०८१ । New Job Vacancy 2024
Пікірлер: 13