रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । "जाँतो हरायो " नामक गीतका गीतकार रामबाबु सुवेदी र सङ्गीतकार सुविन सेन्चुरीको उत्कृष्ट बालगीतमध्ये एक हो ।
* गीतकार
रामबाबु सुवेदी
* सङ्गीतकार / सङ्गीत संयोजन
सुविन सेन्चुरी
* गायिका
सुप्रीमा थापा
* मिक्सिङ / मास्टरिङ
रवि सुनार
* स्टुडियो
ओटु स्टुडियो, सामाखुसी
* विशेष आभार
सरुभक्त : पूर्व कुलपति, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान
सुनिता थामी : शिक्षिका
* प्रायोजक
जीवन सुवेदी
सुचिता सुवेदी
* भिडियो संयोजक
प्रेमबहादुर जि.सी.: वडाध्यक्ष, रेश-७, काठेखोला गाउँपालिका, बाग्लुङ
लक्ष्मण थापा : प्रधानाध्यापक, जनकल्याण आधारभूत विद्यालय,तिङरिङ, रेश
* कलाकारहरू
यारिका थापा
सलन थापा
* निर्माता
रामबाबु सुवेदी
* निर्देशक
आचार्य गोपाल
* सम्पादक / रङ्ग संयोजक
दिनेश विष्ट
* छायाँकार / ड्रोन अपरेटर
टार्जन लिम्बू
* विशेष धन्यवाद
टीका थापा
मिना ज्ञवाली
पूजा घर्ती क्षेत्री
शान्ती थापा
अमृता थापा
जनकल्याण आधारभूत विद्यालय परिवार रेश, बाग्लुङ
रेश-०७, काठेखोला गाउ““पालिका, बाग्लुङका सम्पूर्ण स्थानीय बासिन्दाहरू
* धन्यवाद
भीमबहादुर थापा ः प्रधानाध्यापक, सरस्वती प्रा.वि. रेश
चन्द्र गौतम
मायादेबी शर्मा
जानकी गौतम
दीपकली गौतम
डिम्बकली गौतम
भगबती गौतम
देबी गौतम
कल्पना गौतम
धर्मलाल गौतम
देबी गौतम
मिना शर्मा
यामबहादुर जि.सी.
उजेली शर्मा
लोकबहादुर थापा
डम्बरबहादुर थापा
लिलबहादुर थापा
यज्ञबहादुर थापा
विपिन जि.सी.
असीम मल्ल
सर्वाधिकार © रामबाबु सुवेदी २०२४
...........................................................................................................................
गीतकार रामबाबु सुवेदीको परिचय :
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०८१
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#Rambabu_Subedi #Acharya_Gopal #Subin_Century #Suprima_Thapa
Негізгі бет जाँतो हरायो - Janto Harayo || Rambabu Subedi || Subin Century || Acharya Gopal || Children Song
Пікірлер