Note: Some scenes used in this video are AI generated.
Script: aasha magar
हर्मोनको जथाभावि प्रयोगले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका पारलैङ्गिक व्यक्तिहरु स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरुको उच्च जोखिममा रहेका छन् ।
स्वभावैले पारलैङ्गिक व्यक्तिहरु जन्मदा लिएर आएको शरिर र लैङ्गिक पहिचानभन्दा विपरित पहिचान भएका व्यक्ति बन्न चाहन्छन् । त्यसैले उनीहरु शरिरमा विभिन्न प्रकारका सर्जरी गर्नेदेखि हर्मोनल औषधीहरुको सेवन गर्नेगर्दछन् । यसरी र चिकित्सकीय जाँच र परामर्श विना हर्मोनको सेवन गर्नाले पारलैङ्गिक व्यक्तिहरुमा सामान्यदेखि जटिल स्वास्थ्य समस्याहरु देखा पर्ने पोखराका वरिष्ठ मधुमेह, थाईराईड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोईराला बताउँछन् ।
हर्मोनको प्रयोग गर्नु आफैमा नराम्रो भने होईन यसका लागि चिकित्सकको परामर्श र सल्लाहको आवश्यकता पर्दछ । पारलैङ्गिक व्यक्तिहरु संकुचित समाज, अस्पतालहरुमा हुन सक्ने दुव्र्यवहार र चेतनाको कमीका कारण खुलेर परामर्श लिन र जाँच गर्न जादैनन् । अन्ततः उनीहरु साथीसंगत र ईन्टरनेटमा देखिएको भरमा जथाभावि हर्मोन सेवन गर्न पुग्छन् ।
Негізгі бет जथाभावि हर्मोनको सेवनले जोखिममा पारलैङ्गिक समुदाय
Пікірлер