छोटो समयमै आन्तरिक पर्यटक माझ चम्किएको एउटा गन्तव्य-कालिन्चोक। विसं ०६७ सम्म वार्षिक मेलाबाहेक अरू बेला त्यहाँ आक्कलझुक्कल मात्र पुग्थे पर्यटक। चरिकोटसँग कालिन्चोक बेस क्याम्प कुरी भञ्ज्याङ सडक संजालले जोडिएसँगै डाँडामा भीडभाड बढ्न थाल्यो। अझ केवलकार सञ्चालनमा आएपछि त भगवतीको दर्शन गर्न झनै सहज भयो।
डाँडा (३,८४२ मिटर)मा बसेकी छिन् कालिन्चोक भगवती। मनोकामना पु-याइदिने शक्ति पीठका रूपमा यिनको पूजाआराधना गरिन्छ। यिनको दर्शनले सबै खाले रोगव्याधिबाट मुक्ति मिल्ने, धनधान्यले पूर्ण हुने, सुखशान्ति मिल्ने, दीर्घ जीवन प्राप्त हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ।
भाकल पूरा भएपछि भक्तजन भगवतीको चरणमा आई बोका, कुखुरा, हाँस, नरिवल, त्रिशुल र घन्ट चढाउँछन्। मन्दिरमा बडा दसैं, चैते दसैं, बुद्ध पूर्णिमा र जनै पूर्णिमामा विशेष मेला लाग्छ।
#dolakha #kalinchowk
Негізгі бет कालिन्चोक भगवती मन्दिर दर्शन ❤️
Пікірлер: 16