Singers-Bishwo Dong
Sashikala Moktan
~~~~
कहाँ पर्यो घर ज्यानमैच्याङ्ग
चिनाजान गरौं कि
कुटुम्ब हौ भने ज्यानमैच्याङ्ग
पिरती लगाऊ कि
~~~~
हो कहाँ पर्यो घर ज्यानमैच्याङ्ग
चिनाजान गरौं कि
कुटुम्ब हौ भने ज्यानमैच्याङ्ग
पिरती लगाऊ कि
सेलोमा भाका मिलाऊदै
आज त दोहोरी गाँउने हो
हामी त सैलुङ्गे च्याङ्बा हो
मन मिले पिरती लाँउने हो
दोलखा फेद मेरो त घर
थर चै मेरो अधिकारी
मैच्याङ्ग ले हुन्छ भनेदेखि
लाईदिँउला माया पिरती
मैच्याङ्ग ले हुन्छ भनेदेखि
लाईदिँउला माया पिरती
~~~~
मै छोरी देखेर ज्यानच्याङ्बा
छेवैमा आईहाल्यौ
सैलुङ्गे रैछ ज्यानच्याङ्बा
परिचय दिई हाल्यो
~~~~
हो मै छोरी देखेर ज्यानच्याङ्बा
छेवैमा आईहाल्यौ
सैलुङ्गे रैछ ज्यानच्याङ्बा
परिचय दिई हाल्यो
थर मेरो तामङ्ग लुङ्बा हो
कालीन्चोक गुम्बा आएको
खरीढुंगामा आईपुग्दा
गीतैको जाँता खाएको
सुन्दरीजल काठ्माण्डौ
घर चैनि हजुर मेरोघारा
चिनाजाना राम्रो नहुँदै
पिरतीको कुरा नगर
चिनाजाना राम्रो नहुँदै
पिरतीको कुरा नगर
music ....
कालीन्चोक दर्शन गरेर
फर्केकी मैच्याङ नी
भेट्टैमा भयो बाटैमा
सुन्दरी तामङनी
~~
हो कालीन्चोक दर्शन गरेर
फर्केकी मैच्याङ नी
भेट्टैमा भयो बाटैमा
सुन्दरी तामङनी
हाम्रो त फेदाको खेतैमा
तीन सय मुरी धान फल्छ
म छोरो अर्कैको भए नि
मलाई त ता्माङ्नी मन पर्छ
समुदाय अर्को भए नी
सर संगत चाहि तामाङको
मन मिले पिरती लाई दिँउ कि
के छ नि बिचार मैच्याङको
मन मिले पिरती लाई दिँउ कि
के छ नि बिचार मैच्याङको
~~~~
च्याङबा त रैछ अर्कै थर
हुँदैन मायाको भर
बिजातको माया लाँउनलाई
लाग्छ नि समाजको डर
~~~~
हो च्याङबा त रैछ अर्कै थर
हुँदैन मायाको भर
बिजातको माया लाँउनलाई
लाग्छ नि समाजको डर
तिमीसित माया लाए त
बिच्केला तिम्रो नि परिवार
यस्तो मायालाई समाजले
गर्ला नि फेरी अस्वीकार
कुरा त तिम्रो नि ठीकै हो
हाम्रो त समाज तगारो
बिजाती माया लाए त
होला नि हामीलाई अप्ठेरो
बिजाती माया लाए त
होला नि हामीलाई अप्ठेरो
music ....
जमाना कहाँ बाट काँ पुग्यो
यो कुरा नगर
मै गर्छु चोखो माया ति्मीलाई
चिन्तामा नगर
~~~
हो जमाना कहाँ बाट काँ पुग्यो
यो कुरा नगर
मै गर्छु चोखो माया ति्मीलाई
चिन्तामा नगर
यस्तै छ हुन त यो समाज
हामीले सुधार्नु पर्ने छ
हाम्रो त मनै त भएदेखि
बिस्तारै मिल्दै जानेछ
माया भन्दा ठूलो जात होइन
मलाई त त्यस्तो लाग्दैन
मायाले बाँधौ तिमी र म
समाजले केही गर्न सक्दैन
मायाले बाँधौ तिमी र म
समाजले केही गर्न सक्दैन
~~~~
कुरा त सही हो च्याङ्बाको
मलाई नी त्यै लाग्छ
हाम्रो त जात नमिल्दा
समाजले आई लाग्छ
~~~
हो कुरा त सही हो च्याङ्बाको
मलाई नी त्यै लाग्छ
हाम्रो त जात नमिल्दा
समाजले आई लाग्छ
तिमी हामी सबै मिलेर
समाज अब फेर्नु छ
समाज बिकृतिहरुलाई
आफैले अब चिर्नु छ
हाम्रो त माया उदाहरण
यो समाजमा भई जावोस
जात भात भन्दा माथीको
यो माया अमर रहीरहोस
जात भात भन्दा माथीको
यो माया अमर रहीरहोस
music ....
तिमी हामी एक भएर
समाज फेरौंला
माया नै ठूलो संसारमा
मायाले घेरौंला
~~~
हो तिमी हामी एक भएर
समाज फेरौंला
माया नै ठूलो संसारमा
मायाले घेरौंला
संस्कार आफ्नो आफ्नो छ
उहिले देखि चलि आए
तिमीमै यो ज्यान समर्पण
गरौंला मैच्याङ परि आए
तिमीलाई यो जुनी भरीलाई
आफ्नो बनाई सजाँउला
मायाको छुट्टै संसारमा
तिमी र हामी रमाँउला
मायाको छुट्टै संसारमा
तिमी र हामी रमाँउला
~~~~
यो मन खुशी भईगयो
च्याङ्बाको कुराले
यो कुरा बुझ्नु जरुरी छ
दुनिया साराले
~~~
हो यो मन खुशी भईगयो
च्याङ्बाको कुराले
यो कुरा बुझ्नु जरुरी छ
दुनिया साराले
जिन्दगी भन्नु यस्तै छ
आज पो हो कि भोली हो
यो जुनी अबदेखि उप्रान्तो
तिमीलाई नै जिम्मा भो
नगर बिचैमा अन्तरघात
मायाको शराप नलागोस
हाम्रो त चोखो यो माया
अजर अमर भई जावोस
हाम्रो त चोखो यो माया
अजर अमर भई जावोस
मायाको छुट्टै संसारमा
तिमी र हामी रमाँउला
हाम्रो त चोखो यो माया
अजर अमर भई जावोस
मायाको छुट्टै संसारमा
तिमी र हामी रमाँउला
हाम्रो त चोखो यो माया
अजर अमर भई जावोस
मायाको छुट्टै संसारमा
तिमी र हामी रमाँउला
Негізгі бет Kaha Paro Ghar Jyanmaichyang कहाँ पर्यो घर ज्यानमैच्याङ karaoke with Lyrics
Пікірлер: 7