रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहररू विद्यालयका कार्यक्रमहरूमा अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा नचाइञ्छन् , गाइञ्छन् ।
* गीतः कलम - Kalam
* गीतकार
रामबाबु सुवेदी
* सङ्गीतकार / सङ्गीत संयोजक
सुविन सेन्चुरी
* मिक्सिङ / मास्टरिङ
रवि सुनार
* स्टुडियो
ओटु स्टुडियो, सामाखुसी, काठमाडौं
* गायिका
रफेला महर्जन
टेरेसा विश्वकर्मा
जेनी चित्रकार
* प्रायोजक
माननीय प्रा. डा. चन्दा कार्की
* सबटाईठल
सुहानी थापा
* स्कृप्ट तथा एनिमेसन निर्देशन
करूण थापा
* एनिमेसन
सिल्भरगेट सफ्टवेयर प्रा. लि.
* गीतकार रामबाबु सुवेदीको परिचयः
-------------------------------------------------
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) बाट एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् , जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन् । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा - लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन् ।
--------------------------------------------------------------------------------------------------------------------
सर्वाधिकार © रामबाबु सुवेदी २०२३
यस च्यानलमा रहेका गीत संगीत तथा भिडियोहरू( videos) कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानुन बमोजिम कडा भन्दा कडा कार्यवाही गरिने छ ।
#Rambabu_Subedi #Kalam #कलम
Негізгі бет कलम - Kalam | गीतकारः रामबाबु सुवेदी | संगीतकारः सविन सेन्चुरी | बालगीत | Balgeet
Пікірлер