रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरूमा अत्याधिक रुचाइएका छन् । कलम र कापीसित गीतकार रामबाबु सुवेदी र सङ्गीतकार डिल्लीप्रसाद चापागाईंको उत्कृष्ट बालगीतमध्ये एक हो ।
कलम र कापीसित
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार
डिल्लीप्रसाद चापागाईं
गायिका
बेनुका राई
रत्नशोभा महर्जन
सङ्गीत संयोजक
शिलाबहादुर मोक्तान
मिक्सिङ / मास्टरिङ
भोला पौडेल
स्टुडियो
साउण्ड डिजाइन स्टुडियो, नक्साल, काठमाडौं
विशेष आभार
प्रा. डा. तीर्थबहादुर श्रेष्ठ
पूर्व सदस्य-सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान
प्रायोजक
कुमार कार्की
जुनिता कार्की
कलाकारहरू
आर्शिया कार्की
चाँदिरा पाण्डे
परिना गुरुङ
युभानी बोगटी
सुविज्ञा पौडेल
आन्भी कस्यप
प्रयोधी बगाले
सान्भी सिग्देल
सृष्टिका बस्नेत
रेभा राई
एन्जिला बिष्ट
सारा जोशी
रिया श्रेष्ठ
आरभ के.सी.
निर्माता
रामबाबु सुवेदी
प्राविधिक सल्लाहकार
भवबहादुर थामी
परिकल्पना / भिडियो निर्देशन
आचार्य गोपाल
नृत्य निर्देशन
साहारा कोइराला
सम्पादन / रङ संयोजन
मनोजकुमार पन्त
छायाँकन / ड्रोन
सुजय गौतम
सहायक छायाँकन
ध्रुव कार्की
प्रडक्सन म्यानेजर
प्रेम क्षेत्री "जेनिथ"
स्थल संयोजन
राम बस्नेत, एम. डी., एक्सेल्सियर स्कूल
श्रृङ्गार
बिमला सापकोटा
भिडियो निर्माण
दृश्यलय सिनेमा, काठमाडौं
पोस्ट प्रडक्सन
लेन्स स्टुडियो, बौद्ध, काठमाडौं
विशेष धन्यवाद
कुमार कार्की, संस्थापक अध्यक्ष, इम्पेरियल वर्ड स्कूल
जुनिता कार्की, प्रिन्सिपल, इम्पेरियल वर्ड स्कूल
हेमकुमारी सुवेदी, सेकेण्डरी स्कूल इन्चार्ज, इम्पेरियल वर्ड स्कूल
कविता कट्टेल, मिडल स्कूल इन्चार्ज, इम्पेरियल वर्ड स्कूल
सरोजचन्द्र के.सी., एड्मिन, इम्पेरियल वर्ड स्कूल
अनिता महर्जन, एकाउन्ट हेड, इम्पेरियल वर्ड स्कूल
सबिना गुरुङ, म्याथ टिचर, इम्पेरियल वर्ड स्कूल
दिपुप्रसाद कुसुहवा, कम्प्युटर टिचर, इम्पेरियल वर्ड स्कूल
अम्बिका श्रेष्ठ, फ्रन्ट डेस्क, इम्पेरियल वर्ड स्कूल
अभिनाश श्रेष्ठ, चालक, इम्पेरियल वर्ड स्कूल
इम्पेरियल वर्ड स्कूल परिवार, हात्तीगौँडा, बुढानीलकण्ठ, काठमाडौं
------------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचयः
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०२३
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#Rambabu_Subedi #Dilliprasad_Chapagain #Acharya_Gopal #कलम_र_कापीसित #Kalam_ra_Kapisita
सर्वाधिकार © रामबाबु सुवेदी २०२३
Негізгі бет Музыка कलम र कापीसित - Kalam Ra Kapi sita | गीतकारः रामबाबु सुवेदी | सङ्गीतकारः डिल्लीप्रसाद चापागाईं
Пікірлер