धार्चे ४ लाप्राकका लेकका खर्कहरु अहिले गाईबस्तुले भरिभराउ भएका छन् । गर्मीयाम सुरु भएसँगै वर्षभरि खालि रहेका रुप्सी, माल्बु, निम्रा, च्वाकाङ, सिङ्गुरा, ताप्ले, राजनखर्क लगायतका लेकका खर्कहरु भरिभराउ भएका छन ।
वर्षभरि छरिएर रहने गोठहरु वर्षदिन पछि लेकका खर्कहरुमा एकै ठाउँ भेट हुँदा रौनक झनै बढेको छ ।
यहाँ वर्षमा एक पटक यसैबेला लेकमा गोठ लैजाने परम्परा छ । हरेकवर्ष गोठ समितिले निर्णय गरेपछि मात्र असारको अन्तिम साता लेकमा गोठ लैजाने परम्परा छ ।
गोठ समितिकै निर्णयअनुसार असार १८ गते यहाँका गाईगोठहरु लेक खर्कहरुमा पुग्छन । अहिले रुप्सीमा ९ वटा, स्योङ्गरामा ६ वटा, माल्बुमा ५ वटा र च्वाकाङमा दुई वटा गोठ पुगिसकेका छन् । अहिले लेक पुगेका गोठहरु साउनका अन्तिम सातादेखि क्रमश बेसी झर्न सुरु गर्छन ।
यहाँका भेँडीगोठ, गाईगोठ, भैँसीगोठ बर्खा लागेसँगै लेक उक्लिने र हिउँद सुरु भएपछि बेसी झर्ने गर्दछन् । बर्खामा बेसीमा गर्मी हुने र हिउँदमा हिमालमा चिसो छल्न गोठालाहरु गाईबस्तु लिएर लेकबेसी गर्दै आएका छन् ।
अहिले यहाँका गोठालाहरु सबै आ-आफ्नै काममा व्यस्त छन् । लेकमा खेतीबाली नहुने र प्रशस्त घाँस मात्र हुने भएकाले गाईबस्तुलाई साँझ बिहान गोठमा ल्याएर नबाँधी छाडा छोड्ने चलन छ ।
गोठालाहरु दिनमा दाउरा टिप्ने, पुराना खर्कहरु मर्मत गर्ने र फलेक ताछ्ने काममा व्यस्त हुने गरेको छ ।
लाप्राकका भेडीगोठ, गाईगोठहरु चरिचरनका लागि कुनै समस्या नरहे पनि नयाँ पुस्ताले निरन्तरता दिन नसक्दा गोठको संख्या बर्सेनी घट्दै गएको छ ।
#GRSVlogs
#Shepardlife
#Villager
#Nature
#Vlogger
#Laprak
#youtube
#subscribe
Video credits : Mane Grg
Негізгі бет Ойын-сауық लेकतिर गोठालोहरु । गोठालो जीवन
Пікірлер: 2