सोमवार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले एउटा नीति कथा सुनाए ।
गंगा नदीको किनारमा एकजना पण्डित ध्यानमग्न भएको बेला गोही आएछ । गोहीले पण्डितलाई आकर्षित गर्न मोतीका दाना फालेछ । पण्डितले ती दाना गोजीमा राखे । पण्डितलाई प्रलोभनमा पारेर गोहीले आफ्नो काँधमा राखेर नदीमा लग्यो । यात्राका क्रममा नदीमा ठूलो भूल्का आयो र पण्डित डराए । पण्डित डराएपछि गोही हास्यो र भन्यो- ‘मूर्ख बाहुन, मैले त मेरो स्वार्थका लागि लिएर आएको हुँ’ । त्यसपछि पण्डितको शिकार गर्यो ।
नीति कथा भन्ने क्रममा घर्तीले ‘मुर्ख बाहुन’ भनेर दिएको भव्यिक्तिप्रति कांग्रेसका राजेन्द्र बजगाईंले नियमापत्ति गर्दै सो शब्द हटाउन माग गरे ।
त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ फर्काए, 'त्यहाँका मुर्खलाई भनेको हो, सबै बाहुनलाई भनेको होइन ।’ सभामुखको जवाफले संसदमा हाँसो गुन्जियो । उभिइरहेका माओवादी सांसद घर्तीले विषय प्रसंगले भन्न खोजेकोमा अनर्थ लागेको भन्दै माफी मागे ।
Nepal's Digital Newspaper darpandainik.com.
Contact Us
Darpandainik.com
Darpandainik Pvt. Ltd
दर्पण दैनिक प्रा.लि.
टाेखा ४ काठमाण्डाै
Email: darpandainik@gmail.com
हाम्रो च्यानललाई सस्क्राइब गरेर, सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन नभुल्नुहोला ।
हामीलाई फलो गर्नुहोस
/ darpandainik
/ darpandainik
/ @darpandainik
/ darpandainik
''Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.''
Негізгі бет माओवादी सांसद घर्तीले 'मुर्ख बाहुन' भनेपछि जुरूक्क उठे कांग्रेसका बजगाईं, सभामुखले दिए यस्ताे जवाफ
No video
Пікірлер: 11