भैरव रिसाल नेपाली पत्रकारिताको सुपरिचित सुनाम हो । सय वर्षको सँघार टेक्नै लागेका अनुभवी पत्रकार रिसालसँग तीन जना राजा र कैयौं प्रधानमन्त्रीको राजकाज प्रत्यक्ष देख्दैभोग्दै गरेको अनुभव छ । सडक यातायातको कल्पनासम्म गर्न नसकिने समयको नेपालको जटिल भूगोलमा पैदलै देशदर्शन गरेका रिसाल सुदूर पश्चिम सीमानादेखि सुदूर पूर्वको मेचीसम्मको कथा सम्झन्छन् अझै ।
अहिलेका पत्रकारलाई किंवदन्ती जस्ता लाग्ने कैयौं रोचक अनुभव सँगालेका पत्रकार रिसाल राजनीतिका अनगिन्ती घटनाक्रम र विस्मृतिको गर्तमा छोपिँदै गएका अनेक दुर्घटनाका पनि साक्षी हुन् भन्दा अन्यथा हुनेछैन ।
छिटो बिर्सने बानी परेको नेपाली समाजका वयोवृध्द पत्रकार रिसालको स्मरण शक्ति भने अद्भूत नै छ । दृश्य टिभीसँगको वार्तामा उनले विगतलाई प्रष्टसँग सम्झिए र अलमल नगरी ती प्रसंगहरुको चर्चा पनि गरेका छन् । हेरौं पत्रकार रिसालको रोचक अनुभव उनकै वाणीमा । ।
#Bhirav rishal
#journalist
#laxmi prashad devkota
#nepal
#trending
Негізгі бет महाकवि देवकोटाले मेरो नामबाट पैसा लिन्थे ।। पाका पत्रकारका पाकेका सम्झना । । भैरव रिसाल
Пікірлер: 1