"खेती एप मार्फत आफ्नो कृषि र पशुपालन थप सहज ढङ्गले संचालन गर्दै आइरहनुभएको कृषक रिता जी को सफलताको कथा"
महालक्ष्मी न. पा ललितपुर निवासी रिता सुनार जी ले एक स्थानीय कार्यक्रममा हाम्रो योजनाको बारेमा जानकारी पाइसकेपछि एनएमबी खेती कर्जा मार्फत एउटा पाडा किन्नुभएको थियो। आफ्नो बाली तथा तरकारीमा रासायनिक मलको विकल्प खोज्दै जाँदा पशु तथा वस्तुको मल सबैभन्दा सहज र भरपर्दो हुने हुनाले, उहाँलाई एउटा पाडा भएपनि पाल्छु, मल पनि हुन्छ, हुर्केपछि खरिदभन्दा बिक्रिमा डबल मूल्य पाइन्छ भन्ने लाग्यो। अहिले उहाँले राम्रो मात्रामा तरकारी तथा अन्य बाली उत्पादन गर्दै आइरहनुभएको छ। पाडाको मलमूत्रबाट निसक्ने जैविक मल नै प्रयोग गर्दै आइरहनुभएको छ। कृषि उत्पादनमा स्वस्थ र स्वच्छ उत्पादनमा पनि जोड दिनुपर्छ भन्ने उहाँको सिकाई छ।
उहाँ जस्तो कृषकहरूको निरन्तरता, शिप र सहासले हामीलाई हाम्रा भावी योजनाहरूमा थप काम गर्ने प्रेरणा मिल्दछ।
कर्मशील कृषकहरूको कृषि उत्पादन र लगानीमा सुनिश्चितता ल्याउनु नै एनएमबी खेती कर्जाको उद्देश्य हो।
9802393260
Негізгі бет महालक्ष्मी न. पा ललितपुर निवासी रिता सुनार-NMB KHETI KARJA
Пікірлер: 2