हिन्दु र बौद्धमार्गीको पवित्र तिर्थस्थल मुक्तिनाथमा बर्षेनी लाखौको सख्यामा भक्तजनहरुको भिड लाग्ने गर्छ । एउटै शैलीमा निर्माण भएको मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीले आ-आफ्नो परम्परा अनुसार पुजा गर्ने गर्छन् । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित छ । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदीमा पाइन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहे पनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो । मुक्तिनाथ मन्दिर परिसरमा १०८ धारा रहेका छन् । उक्त धारामा नुहाए पाप पखालिन्छ र शुद्ध भइन्छ भन्ने जनविश्वास रहेको छ । हिन्दुहरुले मुक्तिनाथमा गएर विशेष रुपमा विष्णु भगवानलाई पुज्ने गर्छन् । बैद्धमार्गीहरुले लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पुजा गर्छन् ।
- Күн бұрын
मुक्तिनाथ । १०८ धारा । Muktinath Temple । मुस्ताङ । Mustang
- Рет қаралды 315
Пікірлер