१६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बर्षेनि दशैँतिहार नजिकिँदै गएपछि बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो आजदेखि १६ गतेसम्म आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ विगतका शोहरूमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने छन् । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने छन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।
- Күн бұрын
नाडा अटो शो सुरु भयो कहीले हेर्न जाने तपाई NADA Auto SHOW 2024
- Рет қаралды 607
Пікірлер