नेकपा (एकिकृत समाजवादी) रामेछापका अध्यक्ष रमेश कुमार बस्नेत नेकपा एमालेमा फर्किएका छन् । आइतबार पुष्पलाल श्रेष्ठको ४५ स्मृति सभामा आयोजना गरिएको कार्यत्रममा बस्नेत पुनः एमालेमा प्रवेश गरेका हुन् ।
बस्नेतलाई नेकपा एमाले केन्द्रिय कमिटिका महासचिव शँकर पोखरेलले स्वागत गर्नु भएको हो । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् भने गत मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एसको तर्फबाट प्रदेश सभाको उम्मेद्वार समेत बन्नुभएको थियो ।
Негізгі бет नेकपा एस काग्रेस र माओवादीको कठपुतली बन्यो, त्यसैले एमालेमा फर्किए । @रमेशकुमार बस्नेत
Пікірлер