📣नेपाल स्काउटको सदस्यता दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन माध्यमबाट सुचारु भएकोे उदघोष गर्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीज्यूले देशका समस्त स्काउटरहरुमा दिनुभएको सन्देश ।
ℹ️दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन कसरी गर्ने? 👇
🪢Online Registration Portal: online.nepalscouts.org/dashboard
🪢Registration Tutorial Video: bit.ly/3uWXcs8
🪢Online Registration Manual: bit.ly/3DjNBzl
👀द्रष्टव्य:
१) दर्ता/नवीकरण निर्देशिका बमोजिम प्रदेश स्काउट कार्यालय र स्थानीय स्काउट कार्यालय समेतले आधिकारिकता स्थापित गर्न अनलाइन माध्यमबाटै तोकिएको दर्ता/नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ ।
२) दर्ता/नवीकरणका लागि नेपाल स्काउटको आधिकारिक वेभसाइट www.nepalscouts.org को Membership Section मा मा गई सम्बन्धित स्काउट मास्टरले व्यक्तिगत दर्ता/नवीकरण गर्ने र आफू संलग्न समूह र इकाईको दर्ता/नवीकरण गर्नु गराउनु पर्नेछ । वेभसाइटको उचित प्रयोग गरी दर्ता/नवीकरण सहज बनाउन सहयोगी भिडियो (Tutorial Video) समेत तयार गरिएको हुँदा भिडियोबाट पनि सहयोग लिन सकिने छ ।
३) नेपाल स्काउटको दर्ता/नवीकरण सम्बन्धी परिमार्जित निर्देशिका तथा दर्ता/नवीकरण सम्बन्धी सहयोगी भिडियो (Tutorial Video) नेपाल स्काउटको वेबसाइटको निम्न लिंकबाट हेर्न सकिने छ ।
४) दर्ता/नवीकरण प्रक्रिया सम्बन्धि कुनै थप जानकारी वा समस्या आएको खण्डमा सम्बन्धित प्रदेश स्काउट कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
Негізгі бет नेपाल स्काउटको सदस्यता दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन माध्यमबाट सुचारु ।
Пікірлер: 8