आज ११३ औं अन्तर्राट्रिय नारी दिवस । मार्च ८ । क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेककी थिइन् । श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिए थियो ।
सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने महिलाले निश्चित समय काम गर्नुपर्ने, उपयुक्त ज्याला र मतदानको अधिकार हुनुपर्ने मागसहित प्रदर्शन गरेका थिए । यो आन्दोलनसंगै नारी दिवसकाु सूत्रपात भएको हो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाइन् । सो सम्मेलनमा १७ देशका १०० भन्दा बढी कामकाजी महिला सहभागी थिए । उनीहरू सबैले उनको सुझावमा सहमति जनाए।
पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो।
Негізгі бет नारीका बेदना कविता मा ब्यक्त गर्दै,११३ औं अन्तर्राट्रिय नारी दिवस,बबई गाउपालिका को सभाहल हापुरे
Пікірлер: 1