यो हो एक चिरपरिचित समुदायिक विद्यालय, संघीय राजधानी काठमाडौंमा अवस्थित शिवपुरी माध्यमिक विद्यालय ।
झट्ट हेर्द राजधानीका कुनै महंगो निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी झै देखिने यी विद्यार्थीहरु सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनिहरुको अंग्रेजी कुनै निजी विद्यालयका विद्यार्थीको भन्दा कम छैन । अंग्रेजी भाषामा मात्र नभई अन्य विषयमा पनि कोहीभन्दा कम छैनन् यी विद्यार्थीहरु ।
सरकारी विद्यालयमा पढाईको स्थिती प्राइभेट बोर्डिडकोभन्दा निकै कमजोर हुन्छ भन्ने आम धारणाविपरीत केही सामुदायिक विद्यालयले आफूलाई उच्च सावित गरिदिएका छन् । कुशल व्यवस्थापन, मिहिनेती शिक्षक र सहयोगी अभिभावकको समन्वय भए सरकारी विद्यालय पनि निजीभन्दा कमजोर हुँदैनन ।
कुशल व्यवस्थापन, मिहिनेती शिक्षक र सहयोगी अभिभावकको समन्वय भए सरकारी विद्यालय पनि निजीभन्दा कमजोर हुँदैनन् भन्ने कुरा यस विद्यालयले सावित गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसईईको आधारलाई मान्दा यो विद्यालय काठमाडौंका अब्बल विद्यालयमध्येको एक बालुवाटार स्थित शिवपुरी माध्यमिक विद्यालय । हरेक वर्ष एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने यस विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७६ सालको एसइइमा पनि ११ जनाले ३.६ माथिको जीपीए हात पारे । विद्यालयबाट एसइइ परीक्षामा सहभागी १११ विद्यार्थी मध्ये ११ जनाले ३.६० देखि ४.० जीपीए, २५ जनाले नै ३.२ देखि ३.५ जीपीए प्राप्त गरे । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापनको संयुक्त प्रयासबाट विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रध्यानाध्यापक दिवाकर दुरदर्शीको अन’भव छ ।
करिब १२०० जना विद्यार्थी अध्ययनरत यस विद्यालयलाई वर्षेनी भर्ना गर्ने समयमा विद्यार्थीको चाप थाम्न हम्मे हम्मे पर्दछ । निजी विद्यालय जत्तिकै गुणस्तरीय शिक्षा दिईरहेको यस विद्यालयमा नेपाली र अंग्रेजी दुबै भाषामा कक्षा सञ्चालन भइरहेका छन् । अभिभावकको माग र समयसापेक्ष परिवर्तनका लागि विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराईरहेको छ । प्रभात कक्षा १२ देखि सम्म पढाई भईरहेको छ । जसमा....विद्यार्थी अध्ययनरत छन् । विज्ञान र प्रविधिमा पनि विद्यालय कम छैनन् । आईटी प्रविधिबाट शिक्षण गराइन्छ भने पढाईसंगै अरु क्रियाकलापमा समेत विद्यार्थीको रुचि अनुसार शिक्षण भईरहेको छ । गाउने ,नाच्ने, चित्रकला, क्यम्पयुटरलगाएतको ज्ञान पनि दिइन्छ । विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिएको छ । यसका अतिरिक्त विद्यालयमा विद्यार्थीहरुले अध्ययनका क्रममा सिकेका ज्ञान र सीपको प्रयोग गरी स्थानिय साधन स्रोतबाट निर्माण गरिएका विभिन्न ऐतिहासिक, सांस्कृतिक, सामाजिक , शैक्षिक, विज्ञान प्रविधिसंग सम्बन्धित सामग्रीको सार्वजनिकीकरण गर्ने गरि प्रदर्शनी समेत वर्षेनी आयोजना गरिन्छ । २०७६ साल फागुन १० गते आयोजना गरिएको शैक्षिक प्रदर्शनी पनि उदाहरणीय रह्यो ।
आफुले सिकेका ज्ञानबाट अरुलाई जानकारी दिन प्रदशर्नीमार्फत् आफ्नो कला र मिहेनत देखाउन पाउदा प्रदर्शनीमा सहभागी विद्यार्थीहरु पनि निक्कै खुशि देखिन्थे ।
प्रदशर्नीमा विद्यालयका विद्यार्थीहरुका अतिरिक्त बाहिरका विद्यालयहरु प्नि भ्रमण र अवलोकनका लागि आएका थिए । अन्य विद्यालयका शिक्षक र विद्यार्थीहरुको पनि कार्यक्रममा सहभागिता थियो । शिवपुरी माविले राखेको यस प्रकारको कार्यक्रमले आफुहरुलाई थप उर्जा र प्रेरणा मिलेकाले आफ्नो विद्यालयमा पनि विद्यार्थीको मनोबल बढाउने यस्तो कार्यक्रम सञ्चालन गर्ने अन्य विद्यालयको अनुभव छ ।
निजी बिद्यालय छाडेर यस सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गराउन अभिभावकहरुको यहाँ आउने गर्छन् । अभिभावकहरु विद्यालयले दिने शिक्षाप्रति सन्तुष्ठ देखिन्छन् ।
समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकको समन्वयकै कारण सफलता मिलेको विद्यालयको भनाई छ । विद्यालयले आयोजना गरेको शैक्षिक प्रदर्शनी अवलोकनका लागि वडाका प्रतिधिीहरुको पनि सहभागिता थियो । लामो समयदेखि शिवपुरीले विद्यार्थी, अभिभावक सबैको मन जितेको छ । विद्यार्थीलाई असल नागरिक बनाउन व्यवहारमुखी शिक्षा दिनेतर्फ पनि ध्यान दिएकाले पनि हरेक वर्ष विद्यालयले राम्रो नतिजा हासिल गर्ने गरेको छ ।
भौतिक पूर्वाधार, शिक्षकको तहगत र विषयगत समायोजनले गुणस्तरीय शिक्षा प्राप्त हुन्छ । सरकारी निकाय, स्थानीय तह, गैरसरकारी क्षेत्रको असल समन्वय भए शिवपुरी माद्यमिक विद्यालयले जस्तै अन्य विद्यालयले पनि विद्यालयको गुणस्तरमा अवश्य वृद्धि गर्न सक्नेछ ।
जनताकाे प्रश्न, जनताकाे अावाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे ।
समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै अाइरहेकाे छ ।
Sarakhabar TV,
Programme host: Milan Lama Dong,
Camera : Sita Regmi, Bikash babu Shrestha,
Editor: Milan Lama Dong, Amita Lama,
youtube, Subscribe and Press the Bell icon to get all the News Update.
/ @sarakhabar
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Page:
/ sarakhabarnepal ,
Group:
/ 50585.. ,
Twitter:
twitter.com/home
www.sarakhabar.com,
admin@sarakhabar.com,
#sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.
Негізгі бет Namuna School काे रूपमा पहिचान कमाउँदै Shivapuri Secondary School, Kathmandu, Nepal,
Пікірлер: 19