पोखरामा यसरी भासियो सेतीको डिल, नदी नै थुनिने खतरा
Deadly Landslide in Pokhara
पोखरा १८ असार । पोखरामा यो बर्षकै सर्वाधिक बर्षा भएपछि विभिन्न स्थानमा पहिरो जाने र भासिने क्रम बढेको छ । अति जोखिमयुक्त क्षेत्र सेतीको डिलपनि भासिएको छ ।
पोखराको घारिपाटन स्थित सेती डिलको ठूलो जमिन भासिदा वरपरका मानिस त्रसित बनेका छन् । भासिने क्रम बढे सेती नदीनै थुनिने खतरा समेत छ । शनिवार विहान सम्मको मापन अनुसार २४ घण्टाको अबधिमा पोखरामा यस बर्षकै सर्वाधिक १९१ मिलिमिटर बर्षा भएको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ ।
पोखराको खहरेमा माथिबाट खसेको पहिरोसँगै आएको भेलले गेष्टहाउस र रेष्टुरेन्टमा क्षति पुगेको छ । मुख्य पर्यटकिय स्थलको गेष्टहाउस तथा रेष्टुरेन्टमा राती एक्कासी पहिरो खसेपछि भागाभाग भएको थियो ।
पहिरोले कुनै मानविय क्षति नभएपनि ठूलो मात्रामा भौतिक क्षति भएको प्रहरीले जनाएको छ । खहरे स्थित आधा दर्जन गेष्ट हाउस तथा होटल र रेष्टुरेन्टमा क्षति पुगेको छ ।
Негізгі бет पोखरामा यसरी भासियो सेतीको डिल, नदी नै थुनिने खतरा | Deadly Landslide in Pokhara
Пікірлер: 37