इमानदार यात्रु र ड्राइभर, जसले आइफोन फिर्ता दिए
भतिजी गीता योङ्छेनको आइफोन मोबाइल हिजो साँझ ट्याक्सीमा छुटेछ । हामीले आआफ्नो मोबाइलबाट कल गर्दा फोन लागिरह्यो । तर, उठेन । हामीसँग न त्यो ट्याक्सीको नम्बर थाहा थियो न त ड्राइभरको फोन नै । त्यही ट्याक्सीमा भएको फोन पनि नउठेपछि सीसीटीभी फुटेजका आधारमा प्रहरीमार्फत खोजी गर्नुको विकल्प रहेन । किनभने, सहरका ठाउँ-ठाउँमा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । त्यही मात्र आशाको त्यान्द्रो बाँकी रह्यो । यद्यपि, केही बेरपछि ड्राइभरसँगै फोनमा गीताको सम्पर्क भयो । ड्राइभरले आफू यात्रु लिएर भक्तपुर पुगेको बताएछन् । गीताले आफ्नो फोन खुमलटारमै ल्याइदिन आग्रह गरिन् । ड्राइभर सुवास श्रेष्ठ (दोलखा) केही बेरपछि यात्रु सुवास श्रेष्ठ (दोलखा)लाई लिएर हामीकहाँ आइपुगे । आइफोन मोबाइल फिर्ता दिए । उनका अनुसार साँगातर्फ गइरहेको बेला मोबाइल बजेपछि यात्रुले नै पहिला थाहा पाएका रहेछन् । यति इमानदार यात्रु र ड्राइभरलाई कोटि-कोटि नमन ! 4 june 2024
Негізгі бет एप्पल मोबाइल भेट्दा लोभ लागेन ?
Пікірлер