प्रजापति ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दार्जिलिङको स्वर्ण जयन्ती समारोहमा म उपस्थित रहेको थिए। समारोहमा सिक्किमका माननीय मुख्य मन्त्री पि एस गोले ज्यूको धर्मपत्नी श्रीमती कृष्णा कुमारी राई अनि दार्जीलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी पनि उपस्थित हुनुहुन्थ्यो।
स्वर्ण जयन्ती 'आध्यात्मिक सशक्तीकरण द्वारा स्वच्छ अनि स्वस्थ समाज' निर्माण थीम ( विषयवस्तु) माथि आयोजना गरिएको थियो। समारोह दार्जीलिङ स्थित गोर्खा रङ्गमञ्चमा आयोजना भएको थियो।
म धार्मिक कार्यक्रमहरूमा भाग लिन्छु। धार्मिक कार्यक्रम मा धर्म अनि आध्यात्मिक कुरा सुन्छौ। धार्मिकता ले सकारात्मकता सिकाउँछ। सकारात्मकताले मान्छेलाई सकारात्मक कार्य गर्नु नै सिकाउँछ। सकारात्मक विचारबाट निस्केको कुराले सकारात्मक कुरा नै दिन्छ।
ब्रह्माकुमारी सँस्थाले शान्तिको उपासना गर्नु सिकाउँछ। म पनि पहाडलाई शान्तिको मार्गमा लैजान कार्यरत छु। सबैभन्दा अशान्तिबाट निस्केर म पहाडमा शान्ति स्थापना गर्ने प्रयासमा छु। यो प्रयासमा ईश्वरको आशीर्वाद चाहिन्छ अनि छ पनि।
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou
Негізгі бет प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दार्जीलिङका स्वर्ण जयन्ती महोत्सव || वक्ता अनित थापा
Пікірлер