सुन हे भाई सुन बहिनी हो
मिठो वचन साधु सन्तको |
यति सुन्दर अति अमूल्य
व्यर्थै नफालौं मानव जीवन यो ||
हा...हा....हा...हा.....
हो....होे...हो...
धेरै धेरै पूण्य पछि मानव जीवन हुन्छ
देवी देउतालाई पनि यो चोला पाउन गाह्रो हुन्छ |
सुन हे भाई सुन बहिनी हो
मिठो वचन साधु सन्तको ||
कति ठूलो भाग्य हाम्रो मानव चोला पायौं
संसारी मायामा आज हामी हरायौं ।
सुन हे भाई सुन बहिनी हो
मिठो वचन साधु सन्तको ||
यहाँबाट जाँदा नि लै लै कसले के पो लान्छ
एक मात्र हरि भजन हामी सगंै जान्छ |
सुन हे भाई सुन बहिनी हो
मिठो वचन साधु सन्तको ||
बाचुन्जेल तेरो र मेरो मरे केहि छैन
आखिरीमा कफन पनि साथमा जाने छैन ।
सुन हे भाई सुन बहिनी हो
मिठो वचन साधु सन्तको ||
आत्माज्ञान जानेर हामी हरी भजन गरौं
सद्गुरुको शरण परी चौरासी तरौं |
सुन हे भाई सुन बहिनी हो
मिठो वचन साधु सन्तको ||
Follow us:
www.manavdharma.org.np
/ manavdharma
/ nepalmanavdharma
/ manavdharma_np
/ nepalmanavdharma
Негізгі бет सुन हे भाई || SUNA HE BHAI || नेपाली भजन || मानव धर्म
Пікірлер: 32