बैशाखे पुर्णनिमाको दिन ष्याँदरको महत्वपुर्ण दिन हो । आज ष्याँदर थान ढोल-झ्याम्टा अनि भाकेको राँगा, बोका, भाले लगेर जानुभन्दा अगाडि ढोल र झ्याम्टालाई रातो चन्दन र सेतो चनदन घोटेर दाहिने तालमा त्रिशुल (पुरुष जातिको प्रतिक) र देब्रे तालमा पदम (नारि जातिको प्रतिक) बुट्टा बनाउनु पर्छ । ढोलमा बुट्टा भरेपछि ढोलको अगाडिको पाटोमा खट्टे फुलको लहराले तानहरु छोप्ने गरि हाल्नु पर्रछ । अनि थानमा लानुपर्ने सबै तयार भएपछि जोर छ्याङ सगुनि राखेर ढोल र झ्यामटाले श्याँबु सोप्सा देलेमेले ओफु ड्याम ड्याम तालमा ष्याँदर पिदारको सारा उठाउदै, आज हामि ष्याँदर थान जादैछाँै तलमाथि भए क्षमा दिनु भन्दै लागाभा भएका आफ्नो पितृसगँ बिदा लिदै सबै भन्दा अगाडि ङोल (लिङ्गो) अनि सोलि बोक्ने कन्या नानि अनि त्रिशुल-घण्टि छ भने, त्रिशुल-घण्टिबोक्ने मान्छे अनि ढोल-झ्याम्टा बोक्ने मानछे नाच्दै त्यस पछाडि राँगा, बोका, भाले बोक्ने मान्छेहरु र सबैभनदा पछाडि अरु चफोनिफहरु प्नि थान तर्फ लाग्छन ।
ष्याँदर थान तर्फ लाग्दैगर्दा बाटोमा देवि-देवताको मन्दिरमा थोप्ला दिदै जानु पर्दछ र अन्य चफोनिफोको घरको अनि नासोको घरको ढोल-झ्याम्टा भेट हुदै थान तर्फलाग्नु पर्दछ । ष्याँदर थानमा पुगे पछि नासोहरुले चफोनिफोले भकेर ल्याएको राँगा, बोका अनि भाले विधि पुर्वक बुभाउनु पर्नेहुनछ । सुनुवार जातिमा जेपुजा गर्दा पनि वाईस पुजाकाट सुरु गर्ने चलन छ । त्यसैले सबैभनदा अगाडि नासोले वाइस पुजा गर्छन अनि हामतिम त्यस पछाडि सेमा पुजा गरिन्छ यो तिनैवटा पुजा सकिएपछि गोसाई पुजा गरिनछ । गोसाई पुजा गर्दैगर्दा चफोनिफोले ल्याएको खाजा सबैले मिलिजुलि बाढेर खाने चलन छ ।
गोसाई पुजा हुदै गर्दा नासोहरु मुख्य ष्यादर थान भित्र होल्फागिल्फा ओछाएर ३६० रेखि हालिन्छ । अनि पुजा गरिन्छ । चफोनिफोले गरेको भाकल पुरा होस भनि नासोहरुले चफोनिफोले सोलिमा ल्याएको अण्डा र अरु चफोनिफोले नासोको हातमा दिएको अण्डाहरु पालैपालो गुठि राँगा अनि अरु राँगाको ठाउकोमा हानेर फुटाउदै ष्यादर देईलाई बुझाउँछन । यसरी अण्डा ठाउकोमा हान्दा, टाउकोमा नलागी भुईमा गई फुटेमा अनि टाउको लागेर पनि नफुटेमा भाकाल अपुरो मानिन्छ ।
नासोहरुले अण्डा हानेपछि भित्र थानमा बोका अनि भालेको बलि दिन्छन् । सकिएपछि नासोले राँगालाई धनुष र तिरले पहिला गुठि राँगा अनि अरुलाई पालैपालो बलि दिन्छन् यसरि बलि दिदाँ राँगा कराएमा, राँगाको घाटिबाट लाधि निस्किएका पनि भाकल पुरा नभएको ठानिन्छ । यसरि बलि सकिएपछि राँगालाई बलि दिएको ठाउँमा भालेको बलि दिएर अब राँगाको बलि दिदैनौ भनेर थिचिदिने चलन छ ।
यसरि बलि दिसके पछि नासोले मुख्य ष्यादर थानमा पनि बदि दिएर थिचिन्छ अनि होल्फागिल्फा उल्टाईन्छ र बिहान चफोनिफोले ल्याएको सोलिमा सुरो हानेर सोलिबोक्ने नानिहरुलाई जिम्मा लगाईदिन्छन । पुजा सकिएपछि नासोले पिदार गर्छन र सकिएपछि नासोलाई खुए..... खुए..... भन्दै थानबाट बोकेर नासोको घर लगिन्छ र पछि पछि ढोल-झ्याम्टा बाजाउदै गरेका चफोनिफो पनि खुए..... खुए..... पछि पछि लाग्छन् ।
#culture #nepal #nepaliculture #sunuwar #koinch #sunuwarchandi #sunuwarkoinch #culture #nepaliculture #nepal
Негізгі бет Sunuwar Sayadar Pidar | Sunuwar Chandi | 2080 | Part 2
Пікірлер: 5