नमस्कार हामी किवी खान पाँचथरको फाल्गुनन्द-५ निगुरेमा जादैछौ
किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ।
यस फलबाट हुने फाइदा
छाला स्वस्थ: यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ। यो तत्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ।
राम्रो निन्द्रा: एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युटे«सनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा निदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ।
मुटुको स्वास्थ्यमा लाभ: यसमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाइदिन्छ। यसले गर्दा मुटुको रोग लाग्न पाउँदैन। एक अध्ययनअनुसार जसले दैनिक चार हजार ६९ मिलिग्राम पोटासियम सेवन गर्छन्, उनीहरू आकस्मिक मुटुरोगको मृत्युबाट जोगिन्छन्।
Негізгі бет स्वास्थका लागि सबैभन्दा उपयोगी किवी फल यति धेरै फाइदा र लगाउने तरिका।
Пікірлер: 4