१कोरिन्थी १२:४-११ (आजको पाठ: ८ पदबाट)।
4वरदानहरू विभिन्न किसिमका छन्, तर पवित्र आत्मा एउटै हुनुहुन्छ। 5सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ। 6कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्छ। 7सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ। 8कसैलाई पवित्र आत्माद्वारा बुद्धिका कुरा बोल्ने, कसैलाई उनै पवित्र आत्माअनुसार ज्ञानका कुरा बोल्ने, 9कसैलाई उनै पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिइएका छन्, 10कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमवाणी बोल्ने, कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, कसैलाई भिन्न-भिन्न किसिमका भाषाहरू बोल्ने, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने। 11तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ।
जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.
Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
facebook.com/drbhojrajbhatta
twitter.com/drbrbhatta
www.medium.com/@bhojraj
Негізгі бет आत्माका वरदान: बुद्धिको वचन र ज्ञानको वचन (१को. १२:८)। Gifts of the Spirit: Word of Wisdom/Knowledge
Пікірлер: 10