Story Link : www.onlinekhabar.com/2024/05/...
औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गर्नुअघिका संघर्षका दिनलाई छाड्ने हो भने छोटो समयमै सांगीतिक उचाईको उडान भरेका गायक, सर्जक तथा संगीतकार हुन् प्रकाश सपुत । दोहोरी ब्याटल गाएर सांगीतिक गोरेटो कोरेका प्रकाश करिब ६ वर्षअघि 'बोलमाया' लिएर आएका थिए । समाजको कथालाई दुरुस्तै उतारिएको यो गीत उनको सांगीतिक जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । गीत र यसको कथानक भिडियोलाई यति रुचाइयो कि प्रकाशको सांगीतिक गोरेटोको यात्रा अब राजमार्गमा पुग्यो । त्यसपछि गलबन्दी, पीर, दमाई महाराज हुँदै मुटु कटक्कै र फिल्म 'बोक्सीको घर'को 'बुझिनँ मैले'सम्म आइपुग्दा उनी सांगीतिक आकाशमा सफलताको उडान भरिरहेका छन् । गीतमार्फत समाजका कथा भन्न रुचाउने यी गायक तथा सर्जक अब फिल्मको फराकिलो क्यानभासमार्फत कथा भन्ने तम्तयारीमा जुटेका छन् । अनलाइनखबरको गफ स्टेसनमा प्रकाशले आफ्नो फिल्मी यात्राबारे सविस्तार कुराकानी गरेका छन् ।
#prakashsaput #basant #guffstation #song #nepalisong #nepalimusic
#galbandi #phoolmaya #khemrisal #onlinekhabar #singer #composer
#flim #director #bolmaya #pir
Негізгі бет Ойын-сауық 'उपदेश हैन, समाज यस्तो पनि छ है भन्ने देखाइदिने मेरो प्रयास' ? Prakash Saput । Guff Station
Пікірлер: 12