गत सन् २०२३ फेब्रुअरी २८ तारिख
मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको नौजान गाउँ
नजिकैको समुद्री क्षेत्रमा ८ लाख लिटर तेल बोकेको जहाज डुब्यो,
र त्यसबाट खतरनाक औद्योगिक तेल चुहियो ।
त्योद्वारा कुल १,९३,४३६ जना प्रभावित भए,
र २४,६९८ परिवारहरू प्रभावित भए ।
तेल चुहावटबाट प्रभावित भएका मिन्डोरोका
परिवारहरूसँग आमाको न्यानो प्रेम बाँड्ने उद्देश्यले
२५औँ पैदल ऱ्यालीको आयोजना गरियो ।
-क्यारेन टान भिलानुभा-मनिला
वीलभयू फाउन्डेसनको गतिविधिमा सहभागी हुन पाएकोले
आज हामी एक परिवारको रूपमा एकदमै खुशी छौं ।
तेल चुहावटको कारण पीडित भएकाहरूको लागि
कोष जम्मा गर्ने यो कार्यक्रमको आयोजना गर्नुभएकी
अध्यक्ष जाङ गिल जाज्यूलाई धन्यवाद !
-भिन्सेन्ट बी गहोल-प्रान्तीय प्रकोप जोखिम न्यूनीकरण
तथा व्यवस्थापन कार्यालय प्रमुख
सर्वप्रथम, विशेष गरी फिलिपिन्समा यस्तो गतिविधि आयोजना
गरिदिनुभएकोमा अध्यक्ष जाङ गिल जाज्यूलाई धन्यवाद ।
यो गतिविधि विशेष गरी हाम्रो प्रान्तलाई लाभदायक हुनेछ ।
यो समुदायका मछुवाहरू माछा मार्नमा निर्भर छन् ।
तेल चुहावट हुँदा, उनीहरू माछा मार्न जान सक्दैनन्
र उनीहरूको जीविकोपार्जनमा ठूलो प्रभाव पर्छ ।
तसर्थ यो गतिविधिले ती सबै मानिसहरू अर्थात्
समुद्री तटीय समुदायका मछुवा र बासिन्दाहरूलाई
यो परियोजनामार्फत चाँडो वातावरण पुनर्स्थापन गर्नमा ठूलो मद्दत पुऱ्याउँछ ।
-डेजी गायार्डो, लाभार्थी
साँच्चै धन्यवाद !
मैले वीलभयूबाट सहयोग पाएकी छु ।
यसले हामीलाई ठूलो सहयोग पुऱ्याउनेछ ।
#अन्तर्राष्ट्रियवीलभयूफाउन्डेसन #समाजकल्याणसंगठन #जाङगिलजा
#अनुदान #पैदलऱ्याली #फिलिपिन्स #ओरिएन्टल मिन्डोरो
Негізгі бет [वीलभयू] २५औँ नव जीवन पारिवारिक पैदल ऱ्याली|अध्यक्ष जाङ गिल जा
Пікірлер: 142