Vehicle New Tax and More in New Budget 2081I नयाँ बजेटले गरेको कर व्यवस्था र व्यवसायीहको प्रतिक्रिया
सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेट अनुसार विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएका हुन् ।
पहिले ५० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । अन्तःशुल्कमा पहिले नै छुट थियो । अहिले यसलाई ५ प्रतिशले बढाइएको छ । यस अनुसार यो सेगमेन्टका गाडीमा समग्रमा १० प्रतिशत कर बढाइएको छ ।
बजेटले पेट्रोलियम पदार्थबाट चल्ने कार थप महंगो हुने भएको छ । भन्सार र अन्तशुल्कको दरमा कुनै फेरवदल नगरिएपनि सडक निर्माण दस्तुरमा बृद्धि र यसअघि दिईदै आएको भन्सार छुटको सुविधा हटाइएका कारण पेट्रोलियम कार थप महंगो महंगो हुने भएको हो ।
सरकारले सार्वजनिक गरेको नयाँ बजेटको सम्बन्धमा अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
नाडाले धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुका सम्बन्धमा विभिन्न नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दीर्घकालीन नीति निर्माणका लागि सरकारसँग आग्रह गर्दै आएको र सरकारले पनि हरित उर्जालाई उच्च प्राथमिकतामा राख्ने नीतिगत निर्णयहरु गर्दे आएको, तर सरकारले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा पटक पटक संशोधन गरेकोमा दुःख व्यक्त गरेको छ ।
For More Info Visit www.nepalauto.com
Негізгі бет Vehicle New Tax and More in New Budget 2081I बजेटले गरेको कर व्यवस्था र व्यवसायीहरुको प्रतिक्रिया
Пікірлер: 3