नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
विद्यालयको लोगो बनाउने तरिका | Make Logo In Ms Word | How To Create Logo | Logo Design |
कुनैपनि संस्थाको आ-आफ्नै प्रकारको परिचयात्मक लोगो हुने गर्दछ । यो संस्थाको आधिकारिकता प्रमाणित गर्ने वस्तु पनि हो र लोगो logo सङ्ग संस्थाको प्रतिष्ठा पनि जोडिएको हुन्छ । आजकाल विभिन्न संस्थाहरुका नयाँ नयाँ प्रकारका लोगोहरु देख्न पाइन्छ । लोगो निकै मिहेनत गरेर बनाइन्छ । लोगो डिजाइन गरेर नै मनग्य पैसा आर्जन गर्ने डिजाइनरहरु पनि छन्, त्यस्तै लोगो डिजाइन गरिदिने सशुल्क र नि:शुल्क वेबसाइटहरु पनि छन्, त्यसबाट पनि लोगो बनाउन सकिन्छ ।
प्रत्येक संस्थाका लागि लोगो बनाउने आ-आफ्ना नियमहरु हुन्छन् ।
विद्यालयका लागि पनि लोगो बनाउने नियमहरु छन्, तीनै नियमलाई पालना गर्दै हामीले लोगो तयार गर्न सकिन्छ ।
सामान्यतया लोगो फोटोसप fhotoshop मा तयार गरिन्छ । तर यस भिडियोमा एम एस वर्ड Ms Word मा विद्यालयको सामान्य लोगो कसरी बनाउन सकिन्छ भन्ने जानकारी दिइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले ms word मा सामान्य Logo डिजाइन गर्न सक्नुहुनेछ ।
लोगो कसरी बनाउने भन्ने सामान्य अवधारणा प्राप्त गर्न चाहने हाम्रा दर्शकहरूका लागि केही सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको हो ।
तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#LogoDesign
#InMsWord
Негізгі бет विद्यालयको लोगो बनाउने तरिका | Make Logo In Ms Word | How To Create Logo | Logo Design | Nepali Book
Пікірлер: 35