GUEST: Jivan Sharma
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
Dress: Bipu Collection koteshwor
(9843175755)
भिडियो भित्र :Samyak Samvad With Binu pokhrel, ft gayak jivan sharma
व्यवस्था, अवस्था फेरियो हाम्रो नियती फेरिएन
प्रियजन नमस्कार
हो जसले लामो समयसम्म गीत मार्फत् मान्छेको मानसिकतामा तयार विभेदका खाडल, पैसाको धनि गरिवका खोँचहरु सम्म बनाउन मान्छेका ढोका ढोका पुगेर मान्छे विउझाउने काम गर्नुभयो ।
यस्ता गीत रचना गर्दै गाउँदै उहाँ स्वयम त हिड्नु भयो नै उहाँ नपुगेका ठाउँमा नेपालका सबै कम्युनिष्ट पार्टीहरुले जनता ब्युझाउने हतियारकारुपमा उहाँकै गित गाए । उहाँको गीत सुनेर धेरै खेताला, भरिया, हलि, गोठालाहरु आफ्नो मनको समाजको सानो दायर तोडेर बाहिर निस्किए ।
तर के आज उनीहरुको जीवन बदलियो ? जीवन शर्माकै शब्दमा भन्दा अँह आज पनि बनि गर्नेहरु बनि नै गरिरहेका छन् । हिजो गाउँको मुसियाकामा बनि गर्थे, अलि पछि भारतमा गए बनी गर्न या भाडा माझ्न । आज खाडी हुँदै त्यो बनि गर्ने यात्रा युरोप अमेरिका पुगेको छ ।
उसोभए संसारबाट विभेद अन्त्य हुँदैन ? के धनि र गरिव भन्ने नभएको समतामुलक समाज बनाउने सपना कहिल्यै पुरा हुँदैन हो ? राजनैतिक तहमा उठेको यो दर्शन एक ओटोपिया या आदर्श दर्शन मात्र हो ?
यहि कुरा बुझ्न आज हामीले राजनैतिक प्युपाबाट निस्किएर आत्मिक पुतलि बन्ने यात्रामा रहनुभएका उनै गायक जीवन शर्मालाई आज हामीले सम्यक् संवादमा निम्त्याएका छौं ।
आउनुस् अरुलाई बदल्न सिंङ्गो जीवन बिताएर आज आफै बदलिनुभएका शर्मासँग अबको केही समय विताऔं र आफू कहाँ छु परिक्षण गरौं ।
-हजुरलाई हामीले बुझ्ने चिन्ने कुरा त छदैछ । हजुर आफैले आफैलाई चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?
मैले यसो किन भनेको भनेनी । हजुरलाई मैले सात वर्ष अघि भेटेर एउटा हजुरको बरेमा स्टोरी गरेको थिएँ याद छ हजुरलाई ? हो त्यो स्टोरी गर्दा मैले हजुरलाई भैतिकता छुटेको एक भाववादी व्यक्तिको रुपमा चिनेको थिएँ । अनि आज कता ल्याइपु¥याउनु भएछ भनेर सोधेको नी ?
- तपाईले गाउनुभएको गीत मात्र थिएनन् । ति गित त समाजमा विभेदमा विद्रोह जन्माउने आन्दोलन नै थियो । जसले समाज परिर्वतनको उदेश्य बोकेको थियो । के ति गीतले बोकेको उदेश्य पुरा भए त ?
-३२ सालबाट लेख्नसुरु गर्नुभयो यो यात्रा ५० वर्ष भैसकेछ आजसम्म यो त धेरै लामो समय हो , आजसम्म आइपुग्दा समाजको चरित्रमा के के बदलाव आयो ?
- अनि नि दाइ अहिले किन त्यस्ता गीत गाइदैनन् ? कि हिजो मजदुरहरु सबै मालिक भए र बाँकी गरिव विर्से ?
-यो गीतको रचना गर्भ कसरी भयो ? त्यो कुन घटनाले यो गीत जन्मियो सुन्न मिल्छ ?
- हजुरको परिवारिक पृष्टभूमि चै कसरी अघि बढ्यो ? कहिले कसरी लाग्नुभयो राजनैतिक आन्दोलनमा ? तपाईं त इन्जिनियरिङ पढ्नुभयो होइन र ?
- जीवनभर नै पार्टीको काममा समाज विउझाउने काममा हिड्नुभयो । पैसा कमाउनुभयो कि गुमाउनुभयो ?
- विवाह कहिले गर्नुभयो ?
- खर्च कसरी जुटाउनु भा छ ? विमारी पर्नुभयो भने के गर्ने ?
- यस्ता गीत गाएर जतिबेला पार्टी निमार्ण गर्न हिड्नुहुन्थ्यो व्यातिmगत खतराहरु पनि आउँथे होला कस्ता कस्ता घटना भोग्नुभयो ? सुनौ न ।
- मैले यो किन सोधेको भने नी दाई हजुर कम्युन भन्ने सबै समान हुने भनेर कम्युनिष्ट हुनुभयो । त्यो कम्युन त कता छोडीयो? नेतृत्वको खुट्टा कता मोडियो ? अनि नेतृत्वहरु नै भ्रष्टचारमा, निडर, रिनधक्क, र हाकाहाकी जोडियो । के रहेछ भन्ने लाग्छ आज ?
-त्यसैले हो यसैराम्रो छ यो जीवन चाहिंदैन मलाई सम्पत्तिको रास यो गीत गाउँनु भयो हैन ?
रचनाको निर्माणमा उमेरले कत्तिको भिन्नता ल्याउने रहेछ ? किनकि हिजो जवान हुनुहुन्थ्यो मै बुढो नी जान्छु अब सामन्तलाई घेर्न भन्ने गीत गाउँनुभयो । आज त चाहिदैन मलाई सुनैको दरवार गाउँनुभएको छ ।
समाज बदलिएको हो कि हजुरको समाजलाई हेर्ने दृष्टि ?
- आज सुख र दुःख भन्दा बाहिर निस्कनुभएको हो ?
- गर्न नपाएको या पाएँ भने गर्थे भन्ने केही छ ? कि सबै कुरा पुरा भए ?
- खासमा हजुरलाई धेरैले आज पनि एक गायकका रुपमा चिन्नुहुन्छ । जनताको गीत गाउँने भनेर । तर हजुर त अर्कोको होइन आफ्नो पनि गीत (प्रसस्ती) गाउन छोडेर फरक ठाउँमा उभिएर आफू र अरुलाई हेर्न थाहल्नुभएको छ भनेर कहिले थाहा दिने ?
about Jivan sharma
www.ratolaltin...
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)
Негізгі бет व्यवस्था,अवस्था फेरियो हाम्रो नियती फेरिएन
Пікірлер: 60