"ब्रह्माण्ड डुब्दै डुब्दै गैरहेको छ "
मलाई के मतलब
म प्रेम आनन्दमा छु
म प्रेमानन्दमा छु
तर म
तिम्रो बारेमा लेख्दै छु
बोलिन भने
मलाई
पाप लाग्नेछ
पस्चाताप लाग्नेछ
तसर्थ
म बोल्छु
मैले बोल्नै पर्ने हुन्छ
यतिबेला
तिम्रो हत्या गरे मैले
मेरो हत्या?
- यो पनि मैले नै गरे
अब हत्यारा खोज्न हिड्नेछन
-संजाल
-अदालत
-च्या पसले
-बैकिनी हरु
कोहि फस्ला
मलाई के मतलब
जो पो फसोस
म प्रेम आनन्द मा छु
म प्रेमानन्दमा छु
बिरुपाक्ष केन्द्रीय कारागारमा?
यो हुनै सक्दैन
पस्चाताप लाग्नेछ
मलाई पाप लाग्नेछ
म बोल्छु
मैले बोल्नै पर्ने हुन्छ
सत्य बोल्छु
यो युग कलिको
मध्याह्न बिहान हुन पहिले नै
कोहि सडक छेओमा
कोहि दैलोमा
कोहि सौचालयमा
कोहि मन्दिरमा
कोहि ट्रक अटोमा
कोहि खेत आलिमा
कोहि स्कुलमा
कोहि कार्यालयमा
कोहि बेश्यालयमा
कोहि क्लब
कोहि बार
कोहि रोदि घरमा
कोहि पार्कमा
कोहि युनिभर्सिटिमा
कोहि रिक्सामा
कोहि हवाइ जहाजमा
कोहि कोठिमा
कोहि भाडाका कोठामा
कोहि छतमा
कोहि नदि किनारमा
कोहि सिलिङमा
कोहि भने रुखमा
एक एक…
मरेका भेटिनेछन
मलाई के मतलब
म प्रेम आनन्दमा छु
म प्रेमानन्दमा छु
तर
म तिम्रो बारेमा लेख्दै छु
बोलिन भने
मलाई
पाप लाग्नेछ
पस्चाताप लाग्नेछ
मैले सत्य बोल्नै पर्ने हुन्छ
म देखिरहेछु
यस मध्य बिहानीमा
घाट खाली खाली भएको
म देख्दैछु
मेरै सामुन्ने
सिङ्गै ब्रह्माण्ड
डुब्दै डुब्दै
गै रहेको छ …
~दोस्ताज
Credits :
Words : Mahesh Dostaj
Recitation : Ramesh Prasad Bhandari
Background Music : © to related music owner 🙏
Note : I am not owner of this background music . Huge respect & thanks to original creator . 100% credit goes to the music owner . So no copyright claim are intended . If copyright owner have any problem . Plz contact with me . I will remove this music 💖❤️....
Special Thanks To Background Music's Owner 🙏❤️
#RameshPrasadBhandari
#Dostaj
#RachanaBachan
Get Connected With Us:
।। Ramesh Prasad Bhandari ।।
Follow me in instagram : / rameshbhandari12345678...
Like my facebook page : / ramesh-prasad-bhandari...
Facebook : / rameshprasad.bhandari
Follow me in Tiktok : vm.tiktok.com/...
Follow me in twitter :
twitter.com/Ra...
Add me on snapchat :
www.snapchat.c...
Copyright© Ramesh Prasad Bhandari .All rights reserved.Replication, reproduction in whole part in any manner of any content related to this video is not permitted without the permission of the copyright owner Ramesh Prasad Bhandari.
Thanks for visiting my channel . Keep watching , loving & supporting us.Please subscribe this channel for more❤️😍😊🙏।।
Негізгі бет कविता । ब्रह्माण्ड डुब्दै डुब्दै गैरहेको छ । Mahesh Dostaj । Ramesh Prasad Bhandari । Nepali poem ।।
Пікірлер: 1