#sunuwar #Mukdum #Mundum #Sunuwarculture #Chhegu #Chhengu
किराँती सुनुवार मुक्दुम - मृत्यु सस्कार अन्तर्गत छेँगु
किराँती सुनुवार समुदायमा गरिने बिबिध मुक्दुम पिदार अन्तर्गत छेँगु पनि एक महत्त्वपूर्ण पिदार हो ।
उभौली र उधौलीको समय पारेर बर्षको एक या दुईपटक सम्म यो पिदार गर्ने गरिन्छ । यस समयमा
गरिने छेँगु पारिवारिक सुख-शान्ती, समृद्धि, सुस्वास्थका लागि बिशेष रुपमा प्रकृति अनि पुर्खाको पिदार
गरिन्छ । त्यसबाहेक कुनै घरमा कसैको मृत्यु भएको ४५ औ दिनमा मृतात्मालाई याब्रेलगामा राख्नको
लागि छेँगु गरिन्छ । छेँगुमा मृतात्मालाई पुर्खा आत्मासग मेल गराई (याब्रेताचा) नयाँ याब्रेलगामा राखिने
गरिन्छ ।
याब्रेलगा पुर्खाहरुको पुजा आरधनाको लागि बनाइएको पबित्र बाँस स्थान हो । तर ४५ छेँगु गर्दा नयाँ
मृतात्मालाई नयाँ नै याब्रेलगा बनाईन्छ जस्लाई सिशिर लगा भनिन्छ । यो लगा निर्माण गरि बिशेष
मुक्दुमि बिधिद्वारा याब्रेगुब्रे (पुर्खा आत्मा) सँग मिलन गराउने गरिन्छ । यो विधि नै छेँगुको महत्त्वपूण
पाटो हो ।
विभिन्न मुक्दुमि कार्यमा इँगि(प्रकृति) तथा दुमा(पुर्खा) हरुका लागि चढाइने फुलपाती नै थपो हो ।
मुक्दुम ब्यक्ति( पोइँब÷ग्याँमि,नाह्सो)हरुको ठुङ अनुसार थपोको प्रयोग भएको पाइन्छ। तर चेन्चेन
थपो (तितेपातीबाट बनाइने थपो), बोइग्पत थपो (टोटलाबाट बनाइने थपो) र होपा (अम्लिसोबाट
बनाइने थपो) भने अनिवार्य नै मानिन्छन ।
मुक्दुम ब्यक्ती
ग्याँमीः श्री बृखमाया सुनुवार-लङघडेरी, गुप्तेश्वर, रामेछाप
नाह्सोः श्री मानबहादुर सुनुवार (मुल नाह्सो-बुज श्याँदरथान), ढुङ्गे, गुप्तेश्वर, रामेछाप
============================================================
Негізгі бет Sunuwar Mundum-Chhengu।। किराँती सुनुवार मुक्दुम
Пікірлер: 12