२०७९ सालको फागुपूर्णिमाको सबै महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना । रंगहरूको यो महान पर्वमा मैले पनि आफ्नो उल्लासलाई एक रंगिन कविताको रूपमा पोखेको छु । अवश्य मन पराउनु हुनेछ भन्ने विस्वास लिएको छु ।
नेपाली छन्द कविता
शिर्षकः ह्याप्पी होली
छन्दः भुजङ्गप्रयात छन्द
रचनाः गणेश प्रसाद ओझा
वाचनः गंगा शर्मा न्यौपाने
भुलौँ द्वेस इर्श्या रमौँ रंग घोली
बनौँ सप्तरंगी भनौँ ह्याप्पी होली ।
कतै दुख्छ होला कथा बाध्यताको,
पुराना कुराको मृदु सम्झनाको ।
तरेली नछोडी उठौँ धक् फुकाई,
भए काम बाँकी गरौँला नि भोली ।।
दुःखी जीन्दगीको त्यसै गाडी छुट्ला,
पिरोलो कतै गाँस जुट्ला नजुट्ला ।
म कैले लुटौँ जिन्दगी स्वाद मानी,
ल रंगिन् घडामा डुबेँ दील खोली ।।
खुशी खोज्नमै व्यस्त यो श्रृष्टी सारा,
न पाएँ सहारा न भेटेँ किनारा ।
बरु मैँ खुशी बन्न पो जान्नु पर्ने,
निरासी असंतोषी पर्दा छिचोली ।।
पिडामा खु्शीका कुरा गर्न सक्छौँ,
टिपी सीत दाना घडा भर्न सक्छौँ ।
सधैँको चटारो सधैँको हतारो,
कति बस्नु तड्पी सधैँ मन् पिरोली ।।
डुबौँ नित्य आनन्दको रंग भित्र,
ननिभ्ने खुशीको छ बत्ती बिचीत्र ।
हिडौँ बाँध ढाल्दै सिमाना उखेल्दै,
बनोस् एक बाटो तथा एक बोली ।।
(धन्यवाद )
यस्तै अरू विभिन्न छन्दमा मेरा कविता पढ्न चाहनुहुन्छ भने तलको लिंकमा क्लिक गरेर मेरो व्लगमा जान सक्नुहुन्छः gangasharma.com.np
Негізгі бет ह्याप्पी होली (Happy Holi) ||भुजङ्गप्रयात छन्द || रचनाः गणेश प्रसाद ओझा || वाचनः गंगा शर्मा न्यौपाने
Пікірлер: 1